भखरै कोहलपुरको बसपार्क नजिकै नगर बस दुर्घटना



कोहलपुर/ बाँकेको कोहलपुरमा नगर बस दुर्घटना परेको छ । पूर्वपश्चिम राजमार्ग अन्र्तगत रहेको कोहलपुर बसपार्क र कृषि बजारको बिचमा भे १ ख २१२९ नम्बर प्लेट भएको बस दुर्घटना भएको हो ।

नेपालगञ्जबाट महेन्द्रनगर जान लागेको लु १ ख ६०२२ नम्बर प्लेट भएको ट्रकले चलिरहेको गाडिलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको जिल्ल ट्राफिक प्रहरीका कोहलपुरका प्रहरी नायव निरिक्षक ओम पौडेले जानकारी दिएका छन् ।

प्रहरी नायव निरिक्षक पौडेलले मिसन टुडे राष्ट्रिय दैनिकसंग कुराकानी गर्दै नगर बसले यात्रु चढाउनका लागि विच रोडमा रोकेको बेलामा पछाडिबाट ट्रकले हानेको बताएका छन् । बसमा रहेका यात्रुहरुलाई सामान्य घाइते भएको जानकारी दिएका छन् । दुवै सवारी चालकहरु अहिले इलाका प्र्रहरी कार्यालय कोहलपुरमा लगिएको प्रहरी नायव निरिक्षक ओम पौडेले बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ साउन २२ गते बुधबार