जाजरकोट। तल्लो डोल्पाअन्तरर्गत पर्ने दुई स्थानीय तहमा भारी वर्षाका कारण घोडेटो बाटो अवरुद्ध भएको छ । जिल्लाको मुड्केचुला गाउँपालिका–१ देखि वडा नं ९ सम्म रहेको घोडेटो बाटोमा ठाउँ–ठाउँमा पहिरो आउँदा स्थानीयवासीलाई आवतजावतमा समस्या परेको हो ।
उक्त बाटो भएर जगदुला गाउँपालिका जाने र आउने भएकाले दुई स्थानीय तहको घोडेटो बाटो अवरुद्ध भएको हो । गएराति परेको अविरल वर्षाका कारण मुड्केचुला गाउँपालिका–३ स्थित रिडिगऔलमा जगदुल्ला नदीको बहाव बढेपछि बाटो अवरुद्ध भएको छ । एक्कासि जगदुला नदी बढेपछि स्थानीयवासी, पशुचौपायलाई आवजवाजत गर्न समस्या भएको स्थानीयवासी सकुन्तला रोकायाले बताउनुभयो ।
गत असार २८ गते कासिल खोलामा आएको बाढीका कारण ११ जनाले ज्यान गुमाएका थिए । दिनप्रतिदिनको वर्षाका कारण औल गाउँदेखि तलतिरको ठाउँमा पहिरो जाने क्रम जारी रहेको र औल बस्तीदेखि माथिको भाग पूरै चिरा परेकाले स्थानीयवासी त्रासमा बस्न बाध्य छन् । रासस









प्रतिक्रिया दिनुहोस्