कोहलपुर ।
बाँकेको कोहलपुरमा पहिलो पटक ललितकला पाठशाला सञ्चालनमा आएको छ । प्याराडाइज मन्टेश्वरीले तथा प्राविधिक तालिमले नयाँ आधुनिक स्वरुपमा ललितकला पाठशाला सञ्चालनमा ल्याएको हो । शनिबार ललितकला पाठशालालाई कोहलपुर नगरपालिका नगर शिक्षा शाखा प्रमुख अनन्तकुमार पौड्यालले उद्घाटन गरे । उद्घाटनका क्रममा बोल्दै शाखा प्रमुख पौड्यालले विद्यालय स्तरमा कला पाठ्यक्रमको आवश्यकता रहेको बताए ।
विद्यार्थीमा सृजनात्मक तथा अभिव्यक्ति कलाको आवश्यकता रहेको उनले बताए । कलाबाट मानिसलाई सभ्य, सौन्दर्य बनाउन पनि सहयोग पुग्ने उनको भनाई थियो । उनका अनुसार अभैm पनि विद्यालयमा सामाजिक अध्यापन गराउने विषय शिक्षकलाई नेपालको नक्सा, प्रदेशको नक्सा, आफ्नो स्थानीय तहको नक्सा बनाउन नसकेको अवस्थामा विद्यार्थीमा कलाको आवश्यकता छ । प्याराडाइज मन्टेश्वरीले तथा प्राविधिक तालिमका निर्देशक विक्रम शिशिरका अनुसार पाठशालामा आधुनिक चित्रकला, लोक कला, पौराणिक कला, मुहार चित्रकला, दृष्य चित्रकला, शिल्प÷हस्तकला, व्यवसायी चित्रकला लगायतका कलाहरुको सिकाइने छ । पाठशालाको माध्यकबाछ नेपाली कलाको विकास मात्र नभई विद्यार्थीहरुले फरक खालको ज्ञान आर्जनमा ठूलो सहयोग पुग्ने उनको विस्वास छ ।
निर्देशक शिशिरले बाँकेका विभिन्न साना विद्यार्थी भाईवहिनीहरुले आफ्नो कलालाई गुम्स्याईराखेको अबस्था छ यसलाई मध्यनजर गरेर ललितकला पाठशाला खोलेको जानकारी दिए । यस्तै प्याराडाइज मन्टेश्वरीले तथा प्राविधिक तालिमका संयोजक दामोदर पौडेलका अनुसार बाँके लगायत नेपालमा पनि चित्रकला, हस्तकला, मुर्तिकला लोप हुने अवस्थामा गएको भन्दै लोप हुन नदिन यो लतिलतकला पाठशाला खोलेको प्रष्ट पारे । पौडेलका अनुसार बाँकेबाट कला पढ्नको लागि काठमाण्डौं जान नपर्ने बताईएको छ ।
कलामार्फत कोहलपुर लगायत बाँके जिल्लालाई पनि राष्ट्रिय तथा अन्तराषर््िट्रय स्तरमा चिनाउन सक्ने विद्यार्थी उत्पादन गर्ने उनले प्रतिबद्धता समेत गरे । कार्यक्रममा कोहलपुर पुर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष महानन्द ढकाल, श्यामान्द सिंह ठकुरी, अर्जुन पौडेल लगायतको उपस्थित रहेको थियो ।