8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

सवारीसाधनको ठक्करबाट मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, साउन ९, २०७६  

दमौली ।

पहिचान नखुलेको सवारीसाधनको ठक्करबाट आज बिहान तनहुँमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बगुवा बस्ने ७९ वर्षीय खड्कबहादुर दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय तनहँुले जनाएको छ ।

सवारीसाधनको ठक्करबाट घाइते भएका दर्लामीको अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान ५ बजे डुम्रेदेखि आँबुखैरेनीतर्फ जाँदै गरेको सवारीसाधनले पैदलयात्री दर्लामीलाई ठक्कर दिएको थियो । ठक्कर दिने सवारीसाधनको खोजी भइरहेको छ ।

प्रकाशित मितिः बिहिबार, साउन ९, २०७६     12:37:07 PM  |