जुम्ला ।
सदरमुकाम खलंगा विगत नौ महिनादेखि अन्धकारमा छ । नौ महिना देखी खलंगाबासी टुकीको भरमा गुजारा गरिहेका छन् । विद्युत बाल्ने जुम्लाबासीको आशामा झनै निराशा थपिएको छ । घुँघुतीमा रहेको साना जनविद्युत उपभोक्ता समितिको नयाँ मेसिनको जडान गरिहेका निर्माण व्यवसायी, भारतीय ठेगेदार लाल दुवई जुम्लाबाट भागेका छन् ।
नयाँ मेसिन जडान गर्दा गर्दै मेसिनको बेरिङ भाँचिए पछि उनी भागेका हुन् । मेसिन बरिङ नै भाँचिए पछि उनी भागेको साना जलविद्युत तथा उपभोक्ता समितिका अध्यक्ष विष्णु बहादुर बुढथापाले जानकारी दिए । यस अघि भारतीय दुतावासको सहयोगमा नयाँ मेसिन जडान भईरहेको थियो । अब भने अनिश्चित कालका लागि विद्युत बन्द भएको छ । यसमा झण्डै २२ हजार सेवाग्राही मर्कामा परेका छन् । ‘उनलाई बोलाउदा पनि आउदैनन’् अध्यक्ष बुढ्थापाले भने, ‘अब भने हामी कानुनी प्रोसेसमा जान्छौ ।’
व्यवसायी दुवैसँग गरिएको सम्झौताको म्याद समेत सकिएको छ । उनका अनुसार सुरक्षाको कारण देखाउदै फेरी जुम्ला आउन अटेरी गरिहेका छन् । स्थानीयको तिव्र बिरोधका बीच आईतबार प्रतिनिधि सभा सदस्य गजेन्द्र बहादुर महतको उपस्थितिमा सर्बदलीय बैठक बसेको थियो । बैठकले तत्काल विद्युत आपुत्र्तिको सम्भावना नरहेको निष्कर्ष निकालेको जिसस उपप्रमुख कार्मा बुढाले जानकारी दिए । उक्त बैठकले ठेगेदारलाई जुम्ला बोलाउने र मेसिन मर्मत कार्य छिटो संचालन गर्ने समेत निर्णय गरेको छ ।
भारतीय दूतावासले सहयोग गरेपछि काम पनि भारतीय कम्पनीलाई नै दिईएको थियो । भारतीय कम्पनी पासी शुभकामना जेभी गेटालाई ठेक्का दिएर काम भईरहेको थियो । भारतीय दूतावासले दुई करोड ६३ लाख ७७ हजार सहयोग गरेको छ । त्यसमा साना जलविद्युत् उपभोक्ता समितिले ४५ लाख २२ हजार नौ सय थपेको छ । नयाँ मेसिन जडानका लागि तीन करोडमा ठेक्का सम्झौता गरिएको थियो । अहिले निर्माण कम्पनीले एक करोड ८६ लाख ८५ हजार तीन सय ४० रुपैयाँ भुक्तानी लिइसकेको छ । प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले बिजुलीको टेन्डर प्रक्रियाका विषयमा अख्तियारमा उजुरी परेको जानकारी दिईन् । यसमा अख्तियारले यस विषयमा छानबिन गरिरहेको छ ।









प्रतिक्रिया दिनुहोस्