अनोज थारु, बाँसगढी बर्दिया ।
बर्दियाको बढैयाताल गाँउपालिका वडा नम्बर ४ का स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । स्थानीयले वडा कार्यालयको केन्द्र यथावत् स्थानमा हुनुपर्ने माग गर्दै वडा कार्यालयमा तालाबन्दि गरेका हुन् । पहिले वडा कार्यालयका लागि खरीद गर्ने भनिएको जग्गा खरीद गरी त्यहि ठाँउमा वडा कार्यालय हुनु पर्ने माग राख्दै ताला गरिएको स्थानीय तुल बहादुर सुनारले बताए ।
वडा कार्यलयका लागि जग्गा खरीद गर्ने भनेर गाँउपालिकाले गत माघमा पहिलो पटक र गत जेठ २ गते दोस्रो पटक १ महिनाका लागि सूचना प्रकाशन गरेको थियो । वडा अध्यक्ष कर्ण बहादुर थापाका अनुसार सूचनाको आधार मानेर वडा कार्यलय, वडा सदस्य रामाश्रे थारुको नाममा वारीसनामा लिएको थियो । तर वारीसनामा पछि गत आर्थिक वर्षको अन्तीममा आएर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लाल बहादुर योगिले वडा सदस्यको नाममा रहेको वारीसनामाले जग्गा खरीद गर्न नमिल्ने बताएपछि स्थानीयले बिरोध गरेका हुन् ।
वडा अध्यक्ष थापाका अनुसार गाउँपालिका अध्यक्षको निर्देशनमा आफुले त्यही जग्गा अर्को व्यक्तिलाई ब्यक्तिगत पास गर्नका लागि सिफारीस दिएको बताए । जग्गा विवाद कै विषयमा गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले दुई पटक टेन्डरका लागि सूचना प्रकाशन गर्दा पनि कसैको निवेदन नपरेको र जनप्रतिनीधीको नाममा कानुनले किन्न नमिल्ने भएकोले प्रक्रिया थालिएको जानकारी दिए ।