कोहलपुर। बाँकेको कोहलपुर नगरपालिका वडा नं. ७ का बृद्धवृद्धालाई स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरेको छ । बिहीबार शहरी स्वास्थ्य केन्द्रको आयोजना र कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा ८४ वर्ष भन्दा माथिका उमेर समूहका बृद्धवृद्धालाई निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधिवितरण गरेको हो । शहरी स्वास्थ्य केन्द्रका इन्चार्ज सुधन बुढाथोकीको नेतृत्वमा गएको ३ जनाको टोलीले घर आँगनमा नै उपचार तथा औषधि दिएका थिए ।
शहरी केन्द्रका इन्चार्ज बुडाथोेकीका अनुसार प्रत्येक बृद्धवृद्धाको घरमा पुगि निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गर्ने गरेको हो ।‘प्रत्येक महिनाको दुई पटक घर मै पुगेर निःशुल्क स्वास्थ्य परिक्षण गर्छौ’ उनले भने, उनीहरुको स्वास्थ्य अवस्था हेरेर औषधि पनि दिने गरिएको छ ।’इन्चार्ज बुढाथोकीको अनुसार पहिलो दिन ८ जनाको स्वास्थ्य परीक्षण गरेका हो । परीक्षण गरेका अधिंकाश बिरामीहरुमा सुगर, प्रेसर, छालामा दाग जस्ता समस्या देखिएको बताईएको छ ।









प्रतिक्रिया दिनुहोस्