सम्बन्धित व्यक्तिलाई बुझाईयो भेटाएको ४४ हजार



कोहलपुर ।  ईलाका प्रहरी कार्यालय कोहलपुरले सुर्खेत चिलगाड गाउँपालिका २ का रतन सिंह कामीलाई ४४ हजार रुपैंया हस्तान्तरण गरेको छ । गत असार २६ गते कामीले कोहलपुरमा रहेको आई.एम.ई. बाटै ४४ हजार हराएको पुष्टि भएपछि उनलाई कार्यालय मै बोलाएर हस्तान्तरण गरिएको हो ।

कार्यालयको आधिकारिक फेसबुक पेज मार्फत जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं.११ स्थित बागेश्वरी बस्त्रालय आई.एम.ई.बाट ४४००० हजार रुपैंया निकाली घरतर्फ जाने क्रममा सो पैसा उक्त स्थान नजिक खसालेको अबस्थामा भेटिएको जनाएको छ ।गत २६ गते कामीले हराएको उक्त रकम कोहलपुर नगरपालिका ५,बस्ने कमला अधिकारीले फेला पारेर प्रहरी कार्यालयमा बुझाएकी थिईन् । गत असार २८ गते ‘कमलाले प्रहरीलाई बुझाईन् भेटाएको ४४ हजार’ शिर्षकमा समाचार प्रकाशन गरेको थियो ।

ईलाका प्रहरी कार्यालय कार्यालयबाट भएको गहिरो अनुसन्धान तथा बिभिन्न पत्र पत्रिकाबाट सूचना सम्प्रेषण गरी बिभिन्न आधार प्रमाणहरुबाट रतन सिंह कामीको भएको देखिन आएकोले बुझाईएको देखिएको उल्लेख गरेको छ । कामीलाई कमलाको उपस्थितिमा ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरिक्षक रमेश बहादुर सिंहले बुझाएका हुन् । कामीले हराएको रुपैया भेटाएपछि निकै खुसी व्यक्त गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ साउन ३ गते शुक्रबार