8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

कार्यक्षेत्रबाट भागे इञ्जिनियर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, असार २८, २०७६  

कालिकोट ।

जिल्लाको नरहरीनाथ गाउँपालिकाका इन्जिनियर महेश धिताल र सब–ओभरसियर सतल बटाला आफूहरुलाई असुरक्षा भएको भन्दै गाउँपालिकाबाट भागेका छन् । गाउँपालिकाले योजनाहरु नियमविपरीत प्राबिधिक रिपोर्ट बढी बनाउन भन्दै दबाब दिएका कारणले आफुहरुलाई असुरक्षा भएको भन्दै उनीहरु बिहीबार राति नै भागेर सदरमुकामको जिल्ला प्रशासन कार्यालय आइपुगेका हुन् ।

गाउँपालिकामा आफूहरू असुरक्षित भएका कारणले राति भागेको र गाउँपालिका अध्यक्षले प्रहरी लगाएर आफूलाई गाउँपालिकामा आउन भनेको तर, गाउँपालिकामा सुरक्षा नदेखेको कारणले प्रमुख जिल्ला अधिकारीलाई खबर गरेर सदरमुकाम आइपुगेको उनीहरुले जानकारी दिए ।

स्थानीय उपभोक्ता समितिबाट नभएको काममा पनि प्राबिधिक स्टिमेट बढी बनाउन दबाब दिएको र आफूहरूले सुरक्षाका लागि धेरै दिनदेखि गाउँपालिकाका अध्यक्षलाई जानकारी दिएको इन्जिनियर महेश धितालले बताए । ‘हामीले नियमविपरीत बढी स्टमेट बनाउर कसरी भुक्तानी दिने’ उनले भने, ‘बढी स्टिमेट बनाएर कसरी विकास होला भन्दा हामीलाई दबाब आयो ।

असुरक्षित भएका कारण राति भागेका हौं ।’ आफूहरूले असार ३ गते नै नियमविपरीत काम गर्न दबाब दिने गरेको अहिले असार अन्तिममा आउँदा झनै असुरक्षा बढेका कारणले समस्या भएकाले राति नै भागेको इन्जिनियरको भनाई छ । तर गाउँपालिकाका अध्यक्षले प्रहरीलाई खबर गरेर आफूहरूलाई पक्राउ गरी गाउँपालिकामा लिन खोजेका कारणले प्रमुख अधिकारीलाई फोन गरेर सदरमुकाममा आएको इन्जिनियर धितालले बताए ।

प्रकाशित मितिः शनिबार, असार २८, २०७६     9:28:26 AM  |