– सुर्य ढकाल
सामान्य अर्थमा क्रान्ति भनेको परिर्वतन हो । तर क्रान्ति शब्दले विभिन्न शास्त्रमा विभिन्न अर्थ बोक्ने गर्दछ । दार्शनिक भाषामा क्रान्ति कुनै पनि वस्तु वा घटनामा हुने गुणात्मक परिर्वतन हो । राजनीतिक भाषामा क्रान्ति एउटा वर्गको हातमा रहेको राज्यसत्ता अर्कौ वर्गको हातमा जानु हो । ।राजनीतिक अर्थशास्त्रका भाषामा क्रान्ति पुराना उत्पादन सम्बन्धको ठाउँमा नयां उत्पादन सम्बन्धले लिनु हो । समाजशास्त्र र इतिहासको भाषामा क्रान्ति एउटा अवस्थाको अन्त्य भई आर्को अवस्थाको आरम्भ हो । समाज विकासको एउटा चरण अन्त्य भई आर्को चरणको प्रारम्भ हुने विन्दु हो । नयां युगको शुरुवात हो । हाम्रो भाषमा क्रान्ति पुरानो उत्पादन सम्बन्धवाट नयां उत्पादन सम्वन्धमा नेपाली समाजलाई लैजानु हो ।
हामी यहि अभियानमा छौ राजनैतिक अधिकारको लडाई सकिएको छ ा ।सामाजिक न्याय सहित अब आर्थिक र सामाजिक सास्कृतिक अधिकारको लडाई नै अबको लडाई हो । सन १९१७ को महान अक्टोबर क्रान्ति पश्चात कम्युनिष्टहरुले सुरु गरेको समाजवादा निर्माणको प्रक्रिया निरन्तररुपमा जारी छ ।चीन पाच दशक देखि समाजवाद निर्माणको अभियानमा लागि रहेको छ ।क्युवा,उत्तर कोरिया, भियत्तनाम पनि आ आफनो तरीकाले समाजवाद निर्माणमा लागिरहेका छन । समाजवाद पुजीँवाद भन्दा उन्नतशील व्यवस्था हो भन्ने कुरा व्यवहारमा देखिनु पर्दछ । समाजवादले आम जनतालाई बढी सम्पन्ता,सुखी सुविधा प्रदान गरेर नै पुजिँवाद माथिको आफनो श्रेष्ठता देखाउन सक्छ ।यसो नगरी निरपेक्ष रुपमा समाजवाद निर्माण गर्ने कुरामात्र गर्ने हो भने आम जनताको समाजवाद प्रतिको आर्कषण घटदछ र समाजवाद स्थापना गर्ने कार्य झन कठीन हुन जान्छ ।
कमरेड माओत्से तुङ्गको नेतृत्वमा चिनियां कम्युनिष्ट पार्टीले लामो संघर्ष गरी सन १९४९ मा चीनमा क्रान्ति सम्पन्न गत्यो र जनगणतन्त्र चीनको स्थापना भयो । त्यस अघि सामान्तवादी र साम्राज्यवादी उत्पीडनले चिनिया समाज जर्जर अवस्थामा थियो जुन अहिले नेपालको अवस्था छ ।असुरक्षा र आर्थिक अस्तव्यस्थता तथा गरीबी विकाराल अवस्थामा थियो । चिनिया क्रान्त्रि सफल भए पछि पहिलो काम कम्युनिष्टको सरकारले क्रान्तिकारी भुमिसुधार कार्यक्रम सम्पन्न गरेको थियो । ठुला जमिन्दारको जग्गा खोसेर पहिलो पटक जसको जोत उसैको पोतको नारालाई कायन्नयनमा ल्याएको थियो । लामो समयदेखि बेरोजगारी,गरीबी र आर्थिक गतिहिनता बाट पीडित चीनको कृषि क्षेत्रमा क्रान्तिकारी भुमिसुधार कार्यक्रम लागु भए पछि चीनमा नयाँ जिवन देखियो । उत्पादन शक्तिको विकास हुन थाल्यो,उत्पादन बढन थाल्यो । कृषि क्षेत्रलाई यान्त्रिकीकरण र आधुनिकीकरण गर्नको निमित्त कृषक परिवारका स साना टुक्रामा रहेको जमीनलाई कम्युन प्रणलीमा आवद्ध गरिएको थियो । त्यस सिस्टम बाट शुरुका वर्षहरुमा कृषि उत्पादन बृद्धि हुनाको साथै गरीबी र बेरोजगारी समस्या समाधान गर्ने ठुलो सघाउ पुगेको थियो । चीनमा पनि क्रान्ति पछि भएको परिर्वतनलाई आत्मसाथ नर्गने परिर्वतन हुन नदिने र प्रतिक्रान्तिलाई निरुत्साहीत गर्ने मुख्य चुनौति थियो । १९६६ मा चीनले सांस्कृतिक क्रान्ति आरम्भ गत्यो ।सांस्कृतिक क्रान्तिले राजनीति र वर्ग सघर्षलाई बढी प्रथामिकता दियो ।
क्रान्ति सम्पन्न भए पछि शहरी क्षेत्रका आधुनिक उघोग,व्यापार र व्यवसायहरुलाई पनि क्रमिक रुपमा अधिनमा लिई केन्द्रिय योजना अन्तर्गत संचालन गर्न थालियो । आन्तरिक तथा वाह्रय व्यापार पनि सरकारकै स्वामित्वमा संचालन गरियो ।शहरी क्षेत्रका परिवारलाई कुनै एक सरकारी उधममा आवद्ध गरिन्थयो । सबै आर्थिक क्रियाकलापहरु केन्द्रिय योजना अन्तर्गत नै संचालन हुने भएकोले कुन वस्तु कहां कति परिमाणमा उत्पादन गर्ने भन्ने कुरा केन्द्रिय योजनाले निधारण गर्दथ्यो । सुरुमा साजनीति र वर्ग सघर्षलाई प्रथामिभकता दिइयो । अति गरिव अस्थव्स्त अर्थ तन्त्र भएको चिन छोटो समयमै अन्तराष्टिय क्षेत्रमा प्रतिस्ठा र सम्मानमा उल्लेखनीय बृद्धि का साथै सशक्त,सबल,स्वाभिमानी तथा रिणमुक्त राष्टको रुपमा देखा पर्ने थाल्यो ।सदियौदेखि जरा गाडेर बसेको सामान्ती शोषण, आम बेरोजगारी र गरीबीको अन्य हुनुका साथै आम जनताको गास बास कपासको समस्या समाधन हुन सकेता पनि आर्थिक क्षेत्रमा सन्तोषजनक प्रगति गर्न नसकेको निष्कष निकालेर नयां योजनाका साथ चनि अगाडी बढयो। देङ्ग स्याओ पिडको आहवान र नेतृत्वमा चीनमा व्यापक आधुनिकरणका कार्यक्रहरु शुरु गरियो ।यस अन्तरगत कृषि,उधोग,विज्ञान प्रविधि र रक्षा गरी चार क्षेत्रमा आधुनिकरण का कार्यक्रमहरु संचालन गरियो ।नेपाललाई पनि समृद्धि नेपाल बनाउने हो भने कृषि उधोग विज्ञान प्रविधिको विकास र पर्यटनको विकास का साथै आधुनिकरण बेगर समृद्ध नेपाल सम्भब छैन ।
चीनमा ८० प्रतिशत जनता ग्रामिण क्षेत्रमै बसोवास गर्ने भएकोले आधुनिकरणको कार्य सर्वप्रथम ग्रामिण कृषि क्षेत्रैबाट सुरु गरियो । नेपालमा पनि ८५ प्रतिशत जनता अहिले पनि कृषि पेशमा नै रहेका छन । चीन सरकारले कृषि क्षेत्रको आधुनिकरण र विकासको निम्ति सुधारका कार्यक्रमहरु कार्यान्वयनमा ल्यायो । थप मिहिनेत गरेर थप आम्दानी गर्न पार्यने नयां व्यवस्थाले गर्दा कृषि क्षेत्रमा उत्पादन बढाउन र मदत पुग्यो । कृषि क्षेत्रको सुधारको कार्यक्रमले ल्याएको आर्को महत्वपुर्ण परिर्वतन बजार मुल्य र बजारको व्यवस्था हो । नयां व्यवस्थाले चीनमा अहिले प्रतिव्यतिm ४०० के जी को दरमा खाधान्य उत्पादन भईरहेको छ ।चीनले १९७८ देखि लागु गरेको आधुनिकरण कार्यक्रम अन्तर्गत शहरी क्षेत्रका उधोग,व्यापार,सेवा व्यवसाय आदि जस्ता आर्थिक क्रियाकलापमा पनि व्यापक संरचनात्मक परिर्वतन र सुधार गरेको छ । सरकारी निजि,सामुहिक,सहकारी र विदेशीसग सयुक्त लगानी र विदेशिको स्वामित्वको व्यवस्था गरेको छ । कतिपय सरकारी स्वामित्वमा रहेका उधोगहरु गाउं र नगरपालिकाहरुलाई संचालन गर्न दिइएको छ ।
चीन १९७८ देखि उत्पादन शत्तिःको विकास गर्न र उत्पादन बढाउन प्रयासरत छ ।
उत्पादक शक्तिको विकास नभई समाजवाद सुदृढ हुन सक्दैन । अहिले पनि चीन उत्पादन शक्ति र उत्पादन बृद्धिमा घनिभुत ढगले लागेको छ । विश्बजारमा लगानी बढाएर मात्र छिटो सम्पन्नताा हासिल गर्न सजिलो हुने निधोमा पुगि विश्व बजारमा प्रतिस्प्रर्धा गर्न सकिने खालका वस्तुहरु उत्पादन गर्ने र त्यस्ता वस्तु उत्पादन गर्न आवश्यक पर्ने विदेशि पुँजीं प्रविधि र व्यवस्थापन भित्राउन लागेको छ । सरकारी खर्च घटाउने तथा व्यवस्थापनमा सुधार गर्ने कार्य गरिरहेको छ । तर हामीले यति ठुलो राजनीतिक परिर्वतन गर्दा पनि सरकारी खर्च कटाउन र व्यवस्थापन सुधार गर्न सकिरहेका छैनौ । राणशासनले तयार गरेका संरचना बाट हामीले आजको जनताका अपेक्षाहरु पुरा गर्न र देशलाई अगाडी लैजान गाहो छ ।चीनले बेरोजगारीको समस्या समाधान गर्न रोजगारी प्रबन्ध सस्थाको व्यवस्था गरिएको छ । जसले बेरोजगार युवाहरुलाई तालिम दिने रोजगारी खोजिदिने व्यवस्था गरेको छ । काम नेपाउनेलाई बेरोजगार भक्ता बिमा बृद्ध भत्ता आदि जस्ता सामाजिक सुरक्षाका कार्यक्रहरु संचालन गरिएको छ ।
चीन आर्थिक खुल्लापनको माध्यमबाट विदेशी पुजीं प्रविधि र व्यवस्थापनको सहयोगमा उत्पादक शक्तिहरुको भरपुर विकास,उत्पादनको बृद्धि, आर्थिक समृद्धि हासिल गर्न लागेको छ । यसरी चिनीयाँहरुले सरकारी क्षेत्रको नेतृत्वमा चल्ने बजारमुखी आर्थिक ढाचाको नयां अभ्यास सुरु गरेका छन र यसलाई समाजवादी बजार अर्थव्यवस्था को सज्ञा दिइएको छ । आधुनिकरणको अभियान पछि चीनलाई आर्थिक बृद्धि हासिल गर्न ठुलो सफलता प्राप्त भएको छ । भष्टचार,बेरोजगारी,मुल्य बृद्धि आर्थिक असमानता,जस्ता समस्याहरु चीनले समाधान गर्दै अगाडी बढेको छ ।कम्युनिष्टहरु सरकारमा गए पछि उत्पादक शक्तिको विकास गर्ने उत्पादन बढाउने,समृद्धि र सम्पन्नता ल्याउने काममा सगसगै जुटनु पर्छ । छ दशक को सघर्ष पुर्ण बलिदान बाट समाजवाद उन्मुख सविधान नेपाली जनताले प्राप्तगरेका छन ।सविधानको प्रस्चावनामा समाजवाद उन्मुख राज्य व्यवस्था लेखेर मात्र समाजवाद प्राप्त गर्ने सकिदैन । देशको औधोगिकरण र समाजको प्राप्त भौतिक विकास बिना योग्यता अनुसारको काम र काम अनुसराको दाम दिने समाजवादी समाज निर्माण गर्न सकिदैन ।समाजवादी राज्य व्यवस्थातर्फ नेपाली समाजलाई लैजाने हो भने अहिले राष्टिय पुजिँ र उधोगको विकास सुनिश्चित गर्नु पहिलो र अनिर्वाय काम हो ।यो कामको सूरुवात गरेर मात्र समाजवाद निर्माणको प्रकृयालाई निरन्तर जारी राख्न सकिन्छ ।









प्रतिक्रिया दिनुहोस्