मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, असार २६, २०७६
कोहलपुर ।
बाँकेको कोहलपुरमा बुधबार बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । होटल व्यवसायी संघ बाँके कोहलपुरको आयोजनामा रक्तदान गरिएको हो । आफ्नो तेस्रो अधिवेशनको अवसरमा ‘रक्तदान नै जिवन दान हो’ भन्ने मुल नाराका साथ होटल व्यवसायी संघले रक्तदानको आयोजना गरेको थियो ।
रक्तदान कार्यक्रमको होटल व्यवसायी संघ बाँके कोहलपुरका अध्यक्ष बलराम भट्टराईले उद्घाटन गरेका थिए । कार्यक्रममा ५१ ज्नाले रक्तदान गरेको होटल व्यवसायी संघ बाँके कोहलपुरका महासचिव एकनारायण चापागाईले जानकारी दिए । व्यवसायी, समाजसेवी, विभिन्न राजनितिक दलका प्रतिनिधी लगायतले रक्तदान गरेका थिए ।