‘व्यवसायीक सुरक्षा पहिलो प्राथमिकता’



दाङ ।

पाँच नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुरेश विक्रम शाहले व्यवसायीहरुको सुरक्षा नेपाल प्रहरीले प्रमुख प्राथमिकतामा राखेको बताएका छन् ।

तुलसीपुर उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै प्रहरी नायब महानिरीक्षक शाहले सुरक्षा बिना विकास र सम्वृद्धि सम्भव नभएको भन्दै आम व्यवसायी र नागरिकको सुरक्षामा कुनै कमि हुन नदिने समेत प्रतिबद्दता व्यक्त गरे ।

डीआईजी शाहले आफूले आफ्नो कार्यकालमा बोलेर भन्दा काम गरेर देखाउने समेत प्रष्ट पारे । उनले प्रदेश भित्रका हरेक समस्या र निकासमा नेपाल प्रहरी हातेमालो गरेर अगाडि बढ्ने समेत जानकारी दिए ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष विमल रिजाल, सस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेत, सल्लाहकार सुरेश हमाल, प्रेस सल्लाहकार शरद रेग्मीलगायतले शुभकामना मन्तव्य राख्दै व्यवसायीक क्षेत्रमा भएका घटनाक्रम र व्यवसायीक सुरक्षामा विशेष चासो दिन ध्यानाकर्षण गराएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ असार २४ गते मंगलबार