29 November 2023  |   बिहिबार, मंसिर १४, २०८०

बाख्रापालन बारे अभिमुखीकरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, असार २२, २०७६  

कोहलपुर ।

बाँकेको कोहलपुरमा मुस्लीम समुदायका विपन्न परिवारलाई बाख्रापालन बारे तालिम दिइएको छ । शनिबार कोहलपुर नगरपालिकाको आर्थिक सहयोग र समाज सेवा संस्था नेपालको आयोजना बाख्रापालन बारे अभिमुखीकरण दिइएको हो । कोहलपुर नगरपालिका वडा नम्बर ९ मा रहेका अति विपन्न मुस्लिम समुदायका परिवारलाई तालिम दिइएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष ठाकुर प्रसाद थारुले बाख्रापालनलाई व्यवसायका रुपमा अगाडि बढाउन आग्रह गरे । ‘अबको आवश्यकता बाख्रापालनलाई व्यवसायीक रुपमा नै अगाडि बढाउने हो’ उनले भने, ‘बिशेष गरी यसले वडामा रहेका मुस्लीम समुदायको आय आर्जनमा सहयोग पुग्छ ।’ समाज सेवा संस्था नेपालका अनुसार आर्थिक रुपले विपन्न र कमजोर आय भएका परिवारहरुको लागि आत्मनिर्भरता र आय आर्जनको लागि बाख्रापालन सम्बन्धी तालिम दिइएको हो ।

नगर पशु शाखाका प्रमुख गोविन्द बहादुर रोकायले बाख्रापालन बारे प्रशिक्षण दिएका थिए । उनले किसानहरुले बाख्रापालनमा प्रविधिको बढी प्रयोग गर्नुपर्नेमा जोड दिएका थिए । व्यावसायिक बाख्रापालनको लागि व्यवस्थित खोर निर्माण तथा यसको व्यवस्थापन एक महत्वपूर्ण पक्ष भएको शाखा प्रमुख रोकायले बताए ।

 

 

उनका अनुसार बाख्रापालक कृषकहरुले पम्परागत तरीकाले खोर बनाउने चलन छ जुन साधारणतया एउटै खोरमा सवै बाख्राहरु मिश्रित अवस्थामा राख्न नमिल्ने बताए । बाख्राहरु मिश्रित अवस्थामा राख्दा विभिन्न समस्याहरु आउन सक्छन् जस्तै बाख्रालाई प्रयाप्त ठाउँको कमि हुँदा विरामी हुने, एक आपसमा जुधेर तुहिने, वस्न नपाई अनेकौं विकृति देखा पर्ने उनको भनाई थियो ।

प्रकाशित मितिः आइतवार, असार २२, २०७६     8:07:09 AM  |