अनोज थारु, बाँसगढी बर्दिया ।
बर्दियाको बाँसगढी नगरपालिका रहेको डेउढाकला स्वास्थ्य चौकीमा स्वास्थ्य सेवाको सामाजिक परिक्षण गरिएको छ । स्वास्थ्य चौकी मार्फत प्रदान गरिने स्वास्थ्य सेवा सर्वसुलभ तरिकाले पहँुच पु¥याउने उद्वेश्यले बुधबार सामाजिक परिक्षण गरिएको हो । बाँसगढी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सामाजिक परिक्षण कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा अहिले स्वास्थ्य चौकीबाट भएका सेवा प्रवाहको बारेमा जानकारी र आगामी बर्षको लागि योजना बनाईएको थियो । स्वास्थ्य चौकीमा आगामी बर्षको लागि गाउँघर क्लिनिक, खोप केन्द्र व्यवस्थापन गर्ने, स्वास्थ्य संस्थाको स्तर उन्नती, आवश्यकता अनुसार सोलार जडान गर्ने र स्वास्थ्य चौकीमा शिशु जन्माउदा जन्म प्रमाण पत्र दिईने योजना बनाईएको स्वास्थ्यचौकीका इन्चार्ज हुमनाथ देवकोटाले जानकारी दिए ।
उनका अनुसार स्वास्थ्य चौकीबाट १ बर्षमा सेवा लिनेको संख्या २१ हजार ९८ जना रहेकोमा १ बर्ष मुनीको संख्या ४ सय ५५ जना, २ बर्ष मुनीको बच्चाको संख्या ८ सय ६१ जना, ५ बर्ष मुनी बच्चाको संख्या २ हजार ८५ जना, १०–१९ बर्षका किशोर किशोरीको संख्या ४ हजार ६ सय ९ जना, गर्भवती महिलाहरुको संख्या ५ सय ५३ जना, ६० बर्ष भन्दा माथिका जेष्ठ नागरीकहरुको संख्या १ हजार १ सय ९७ जना र प्रजनन् उमेरका महिलाको संख्या ४ हजार ७ सय ८६ रहेको थियो ।
डेउढाकला स्वास्थ्य चौकीका व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ७ का अध्यक्ष गंगाराम थारुको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष तुल प्रसाद गौतम, वडा नम्बर ७, ८ र ९ का जनप्रतिनिधीहरु, स्वास्थ्य व्यवस्थापन समितिका पदाधिकारीहरु, स्वास्थ्य स्वयम्सेवीका, स्थानीयबासी लगायतको सहभागिता रहेको थियो ।