बाँसगढीमा बक्तृत्वकला सम्पन्न



कोहलपुर । 

बर्दियाको बाँसगढी नगरपालिकामा नगर स्तरीय बक्तृत्वकला प्रतियोगिता बिहीबार सम्पन्न भएको छ । बाँसगढी नगरपालिकाको आयोजना र श्री लालीगुँरास माध्य िमक विद्यालय माछागढको सह–आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको थियो ।

‘बाल विवाह जीवन स्वाहा’ विषयमा भएको बक्तृत्वकला प्रतियोगितामा बालज्योती एकेडेमीका छात्र अमर खत्री प्रथम हुन सफल भएका थिए । त्यसैगरी श्री लाली गुराँस माध्यमिक विद्यालयकी आशिका खत्री द्धितीय, भृकुटी माध्यमिक विद्यालयकी श्रीया रेग्मी तृतीय र जनप्रिय माध्यमिक विद्यालय दमौलीका छात्र सुशान्त घर्ती सान्त्वना भएको सह–आयोजक विद्यालयले जनाएको छ ।

उक्त प्रतियोगितामा ११ वटा विद्यालयका विद्यार्थीहरुको सहभागीता रहेको थियो । विजेताहरु बाँसगढी नगरपालिकाका प्रमुख सालिकराम अधिकारी लगायतले पुरुस्कार प्रदान गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ असार १३ गते शुक्रबार