8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

कर्णाली नदीमा जीप खस्यो, १५ जना वेपत्ता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार ३, २०७६  

सुर्खेत ।

कर्णाली नदीमा जीप खस्दा १५ जना वेपत्ता भएका छन्। हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित कर्णाली नदीमा यात्रुबहाक जीप दुर्घटना भएको हो। सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार जीपमा गाउँपालिकाका उपाध्यक्ष सिन्धु शाही हमालसहित १५ जना भन्दाबढी सवार रहेको अनुमान गरिएको छ।

सहायक प्रजिअ पोखरेलले खार्पु मन्दिरबाट गाउँपालिकाको सदरमुकाम जाँदै गरेको लु १ क ७१६६ नम्वरको बोलेरो जीप बेलरुख नजिकैबाट १२ः४५ बजे कर्णाली नदीमा खसेको बताए।नदीमा खसेको जीपको खोजी भइरहेको छ।

उद्दारका लागि सदरमुका सिमीकोटबाट पाँच वटा हेलिकोप्टरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई घटनास्थलमा पठाइएको छ। थप जानकारी आउन बाँकी छ।

प्रकाशित मितिः मङ्लबार, असार ३, २०७६     6:51:33 PM  |