दुई अक्षयकोष स्थापना गर्ने घोषणा



कोहलपुर ।

पत्रकार महासंघ बाँके शाखाका उपाध्यक्ष प्रदिप वाग्लेले आफ्ना बुवाको नाममा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् । बुधबार उनले आफ्ना दिवंगत बुवा झगरीलाल उपाध्यायको १३ औं दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभामा १ लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्ने घोषणा गरे । अक्षयकोष स्थापनाका लागि प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट प्रसाद धितालले २५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

पत्रकार वाग्लेको पुरानो घर बर्दियाको बढैयाताल गाउँपालिकाको विद्यालयले संचालन गर्ने गरी ५० हजारको अक्षयकोष स्थापना गर्ने जानकारी दिए । उनले हरेक वर्ष बाँकेमा क्रियाशिल पत्रकारहरुमध्ये २ जनालाई पुरस्कृत गर्ने गरी अक्षयकोष स्थापना गरिने बताए । वामपन्थी पत्रकारहरुको साझा संगठन प्रेस संगठनमार्फत स्थापना गरिएको अक्षयकोषको आकार आगामी दिनमा थप बढाउँदै लाने बताउँदै पत्रकार वाग्लेले दिवंगत बुवाको स्मृतीमा अन्य विधामा समेत अक्षयकोष स्थापना गर्नेगरी तयारी भईरहेको जानकारी दिए ।

१३ औं दिनको अवसरमा आयोजित श्रद्धाञ्जली सभामा नेकपा ५ नं. प्रदेश सदस्य अक्कल बहादुर बम, पत्रकार महासंघ ५ नम्बर प्रदेशका महासचिव भेषराज बस्नेत लगायतका व्यक्तिहरुले स्व. उपाध्यायले युद्ध आन्दोलन र समाज रुपान्तरणमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ जेठ ३० गते बिहीबार