प्रहरी र नागरिक बिच अन्तरसम्बाद



नरैनापुर ।  प्रहरी र नागरिक बिचको अन्तरसम्बाद कार्यक्रम सम्पन्न भएको छ । दिगो विकास र सामाजिक सदभावका लागि नागरिक सहभागिता परियोजना अन्तर्गत नरैनापुर गाउँपालिका वडा नम्बर ६ गंगापुरमा उक्त अन्तरसम्बाद सम्पन्न भएको हो । सामाजिक सदभाव तथा सामुदायिक सुरक्षा प्रबद्र्धनमा नागरिक र प्रहरी साझेदारिलाई बढावा दिने उद्धेश्यले उक्त अन्तरसम्बाद आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै नरैनापुर गाउँपालिनका वडा नम्बर ६ गंगापुरका वडा अध्यक्ष बिरेन्द्र पाल सिंहले सामाजिक एकता आपसी समन्वयले नागरिक प्रहरी सम्बन्ध बलियो बनाउने बताए ।

कार्यक्रमको शुरुवातमा गंगापुर प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक तोलेश्वर चौधरीले गंगापुर क्षेत्रमा सामाजिक सदभाव र सामुदायिक सुरक्षाको अवस्थाबारे जानकारी गराउदै वर्तमान परिस्थितिका बारेमा बोलेका थिए । उनले सामाजिक समस्याहरुमा नागरिकले पहरी प्रशासनसंग सहकार्य गरेकमा समाजमा शान्ति सुब्यवस्था कायम गर्न सहज हुने बताए । नरैनापुुुर गाउँपालिका वडा नम्बर ६ गंगापुरको सभाहलमा सम्पन्न अन्तर सम्बादमा प्रहरी र नागरिक बीचको खुला छलछफलको अन्त्यमा प्रतिवद्धताहरु ब्यक्त गरिएको छ । जसमा प्रहरी नागरिक बीकको सम्बन्ध थप सुमधुर बनाउने, समाजमा सामाजिक सदभाव विथोल्ने प्रयास कसैबाट भएमा सबैभन्दा पहिले प्रहरीलाई जानकारी गराउने, वडा स्तरमा हुने गरेका घटनाहरुको निष्पक्ष रुपमा छलफलको माध्यमबाट समाधान गर्ने, वडाको शान्ति सुब्यवस्था मजवुत बनाउन लैंगिक हिंसा र लागू औषध प्रयोग न्यूनिकरण गर्न जनचेतना जगाउने रहेका छन् ।

यसैगरी नरैनापुर गाउँपालिका वडा नम्बर ५ मटेहियामा बाल अधिकार बाल विवाह तथा बाल संरक्षण सम्बन्धि एक दिने तालिम विद्यार्थीहरुलाई प्रदान गरिएको छ । मटेहिया स्थित महेन्द माविमा आयोजना गरिएको उक्त तालिममा त्यस क्षेत्रका विभिन्न विद्यालयका छात्र तथा छात्राको गरि २५ जनाको सहभागिता रहेको थियो । बाल संरक्षण तालिम पश्चात कार्यक्रममा सहभागीहरु मध्य बाट ११ सदस्यीय बाल संरक्षक समिती पनि गठन गरिएको छ । समितीको संयोजकमा रोशनी बानो दर्जी चयन भएकी छिन । कार्यक्रमको अन्त्यमा बोल्दै तालिमबाट बाल अधिकार र बाल संरक्षण सम्बन्धमा महत्वपूर्ण कुराहरुबारे आफूलाई जानकारी भएको र यसबाट बाल अधिकार र बाल संरक्षण सम्बन्धमा अभियानहरु सञ्चालन गर्न सहज हुने कुरा बताईन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ जेठ २८ गते मंगलबार