गोर्खा युनाईटेडको १९ औं वार्षिकोत्सव सम्पन्न



कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको गोर्खा युनाईटेड पब्लिक स्कुलले आफ्नो १९ आंै वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । वि.स. २०५७ सालमा गोर्खा युनाईटेड पब्लिक स्कुल स्थापना भएको थियो । शनिबार आयोजना गरिएको समारोहमा बोल्दै कोहलपुर नगरपालिकाका नगर शिक्षा प्रमुख अनन्त कुमार पौड्यालले गुणस्तरीय शिक्षाको लागि सधै सकारात्मक सोचको आवश्यकता रहेको बताए ।

उनले देश विकासको मुख्य आधार नै शिक्षा भएको भन्दै शिक्षा आजको आवश्यकता रहेकोमा जोड दिए । ‘शिक्षालाई आर्थिक उपार्जन र गरिबी निवारणसँग जोड्नुपर्छ’ नगर शिक्षा प्रमुख पौड्यालले भने, ‘अबको शिक्षा व्यवहारिक र जीवन उपयोगी हुनुपर्दछ ।’ यस्तै विद्यालय संचालक समितिका अध्यक्ष केशर बहादुर आलेले गुणस्तरीय र जीवन उपयोगी शिक्षाका लागि सकारात्मक सोचको विकास भन्ने मुल ध्याय सहित विद्यालय अघि बढिरहेको जानकारी दिए । उनले दक्ष र क्षमतावान जनशक्ति उत्पादनको थलोको रुपमा विकसित गराउन विद्यालय निरन्तर लागि परेको बताए ।

‘विद्यालय, अभिभावक र विद्यार्थीको क्रिकोणात्मक सम्बन्धका कारण विद्यालय नमुना बन्न पुगेको छ’ उनले भने, ‘आगामी दिनमा खोज र अनुसन्धानको क्षेत्रमा पनि अध्यापन गराउने लक्ष्य रहेको छ ।’ सोही अनुसार पहिलो वर्ष आईएस्सी एजीको पढाई शुरु गरिएको अध्यक्ष आलेले बताए ।सम्पुर्ण अभिभावकको तर्फबाट बोल्दै महानन्द ढकालले विद्यालयले विगतमा पनि दक्ष जनशक्ति उतपादन गर्दै आईरहेको भन्दै आगामी दिनमा व्यवहारिक र प्रविधिसँग अभ्यस्त जनशक्ति उत्पादन गर्ने अपेक्षा व्यक्त गरे । विद्यालयको शैक्षिक अवस्थालाई अझ परिस्कृत बनाउनको लागि विद्यालयको व्यवस्थापकीय संचरना पनि फेलबदल गरिएको विद्यालयले जनाएको छ ।

सोही अनुसार यो वर्षबाट विद्यालयका पुर्व प्रधानाध्यपक रोजेन्द्र बहादुर गुरुङलाई प्रबन्ध निर्देशकको रुपमा नियुक्ति गरिएको छ । भने प्रधानाध्यापकको रुपमा साधना थापालाई बढुवा गरिएको छ । यस्तै वर्ष शिक्षकको रुपमा विद्यालयमा कार्यरत पुनम थापा र उत्कृष्ट प्रशासन कर्मचारी तर्फ लक्ष्मी बस्नेतलाई पनि सम्मान पत्र सहित सम्मान गरिएको थियो । सोही अवसरमा नेपाली सैनिकले दिने गरेको छात्रबृत्रि पनि वितरण गरिएको अध्यक्ष आलेले जानकारी दिए । विद्यालयको तर्फ बाट प्रदान गरिने विभिन्न विधाको स्कलरसिप प्रदान गरिएको छ । सोही अवसरमा नर्सरी देखी ९ कक्षा सम्म उत्कृष्ट हुने विद्यार्थीलाई पनि पुरस्कृत गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ जेठ २६ गते आइतबार