शैक्षिक सुधारको आशा



सम्पादकीय
शिक्षा जीवनको तेस्रो आँखा हो भन्ने भनाई नेपाली समाजमा निकै चर्चित छ । अर्थात शिक्षा नै जीवन हो र जीवन भनेको नै शिक्षा हो । शिक्षा बिना मानिस आँखा भएर पनि अन्धो जस्तै हुन्छ भनिन्छ । बालबालिकाको पहिलो पाठशाला परिवार हो ।

भने बिद्यालय शिक्षा आर्जन गर्ने थलो । शिक्षा देशको पहिलो प्राथमिकतामा छ । तर सरकारको लगानी अनुसार देशको शिक्षा क्षेत्र तिव्र विकासमा गतिमा हिडेको छैन । नेपालको शिक्षा प्रणाली अहिले पनि शिक्षक केन्द्रीत छ । शिक्षामा नयाँ नयाँ प्रयोग भईरहेका बेला हामी पुरानै ढर्रामा शिक्षा प्रदान गरिहेका छौ । शिक्षक केन्द्रीत पढाई नै अहिलेको उपयुक्त शैक्षिक विधि हो । दिनको संकेत बिहानीले गर्छ भने झै देशको शिक्षा बिकासको पहिलो बिन्दु शिक्षक र कक्षा कोठा नै हुन् ।

भर्खरै रोल्पामा एक शिक्षिकाले पिट्दा हातै भाँचिएको समाचार बाहिरीयो । यस्ता प्रकारका घटना पहिले पनि नभएका भने होइनन् । यो घटनाले भने शिक्षकको बौद्धिकता मात्र होईन सामाजिक नैतिकतामा नै प्रश्न चिन्ह खडा गरेको छ । यसैबीच बाँकेमा भने शैक्षिक क्षेत्र सुधार गर्न भन्दै एक सामुदायिक विद्यालय प्रम्प्ट कार्डको प्रयोग शुरु गरिएको छ । शिक्षकले कक्षा कोठामा अध्यपनन गराउदा प्रयोग गर्ने पाठ्योजनाको विकल्पको रुपमा । पुर्वयोजनाको बिनाको अध्ययपनलाई निरुत्साहित गर्ने विस्वास पनि गरिएको छ । यद्यपी पाठ्योजना प्रयोग गर्ने शिक्षकको हकमा परिष्कृत पाठ्योजनाको रुप हो । प्रम्पट कार्ड पनि पाठ्योजना नै हो तर स्मार्ट । पाठ्योजना जस्तो लामो कथा लेखिरहनु पर्दैन यसमा । एउटा सानो कार्डमा पाठ्योजनाका लागि आवश्यक सबै कुरा हुन्छन् । कक्षाकोठाको समय सदुपयोगका दृष्टिले यो राम्रो छ । शिक्षकले छोटो समयमा तयार पारेर लामो समय कक्षाकोठामा अध्ययपन गराउन सक्दछन् । नमुनाको रुपमा प्रयोग शुरु गरिएको यसले कक्षाकोठा भित्रको शिक्षण विधि सुधार्ने अपेक्षा गर्न सकिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ जेठ २४ गते शुक्रबार