29 November 2023  |   बिहिबार, मंसिर १४, २०८०

यौन-आवेग दबाउने कि व्यवस्थापन गर्ने ?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ २१, २०७६  

काठमाण्डौं ।

सरकारले नेपालमा पोर्न साइटमाथि प्रतिवन्ध लगाएको छ, भलै त्यो पूर्णतय सफल नभएपनि । सरकारले पोर्न साइट अर्थात इन्टरनेटमार्फत उपलब्ध हुने अश्लिल सामाग्रीलाई त्यहीबेला नियन्त्रण गर्न खोजेको हो, जतिबेला निर्मला पन्त हत्याकाण्ड उत्कर्षमा थियो । त्यसपछि पनि बलात्कार, हत्याको शृंखला चलिरहेको थियो । ठिक यही मेसोमो सरकारले सरकारले पोर्न साइटमाथि प्रतिबन्धको प्रयास र्गयो, बलात्कार वा यौन हिंसाले बढाव नपाओस् भनेर ।

पोर्न साइट वा अश्लिल सामाग्रीको उपलब्धताले समाजमा यौन विकृति वा यौन हिंसा बढाएको हो ? यो छुटै वहसको विषय हो । किनभने कतिपय यौनमनोविज्ञहरुको तर्क फरक छ । उनीहरु भन्ने गछन्, ‘यौनकुष्ठाले विकृति पैदा गर्ने हो । यौनलाई जति दबाइन्छ, उत्तिनै मनमा यसप्रतिको विकार जम्मा हुन्छ । त्यसैले नराम्रो हर्कत गर्न उक्साउँछ ।’ यसर्थ यौनमा जति खुल्न सक्यो, यौनजन्य जिज्ञासा मेट्ने माध्याम जति सहज हुन्छ, उत्तिनै यौनकुष्ठा कम हुन्छ । जब यौनकुष्ठा रहँदैन, यौनजन्य अपराध पनि हुँदैन ।

यौनजन्य सामाग्री सहज भएपछि त्यसबाट पनि मान्छेले आफ्नो यौन इच्छा मेट्न पाउँछन् । उनले यौनलाई दबाउनु पर्दैन । हस्तमैथुन जस्ता केही विधी छन्, जसले यौन आवेग शान्त गर्न सकिन्छ । यौन दवाउने कुरा होइन । यो प्राकृतिक आवश्यक्ता हो । यौन इच्छालाई जति दबाइन्छ, उत्तिनै यसले मनोविकार पैदा गर्छ । त्यही मनोविकारले हो, अश्लिल हर्कत गर्न उक्साउने । तर, हाम्रो समाजमा यौनबारे खुला बहस हुँदैन । यौनलाई ‘छाडा’ भन्ने गरिन्छ । भित्रभित्रै यौन-आवेग पैदा भएपनि बाहिर भने दबाइन्छ । यौन सम्बन्धी उठ्ने जिज्ञास मेट्न सकिदैन ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ २१, २०७६     3:20:15 PM  |