3 December 2023  |   आइतवार, मंसिर १७, २०८०

भारतको प्रधानमन्त्री बन्न चाहान्छिन् प्रियंका चोपडा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ २१, २०७६  

पूर्व मिस वल्र्ड प्रियंका चोपडाले अमेरिकन गायक निक जोनसँग विवाह गरेपछि विदेश मा नै बस्न थालेकी छिन् । उनी सामाजिक सञ्जालमा तस्बिर शेयर गरिरहन्छिन् ।

सन् २००० मा मिस वल्र्ड बनेकी प्रियंका सामाजिक कार्यमा पनि उत्तिकै सहभागी हुने गरेकी छिन् । उनले हालै सन्डे टाइम्सलाई दिएको अन्तरवार्तामा उनले आफ्नो राजनीतिक धारणा व्यक्त गर्दै भारतको प्रधानमन्त्री बन्न चाहेको उल्लेख गरेकी छिन् ।

उनले आफूलाई भारतको प्रधानमन्त्री बन्ने अवसर प्राप्त भयो भने उनी प्रधानमन्त्री बन्न तयार भएको बताइन् । उनले आफ्नो श्रीमान निकलाई भने अमेरिकाको राष्ट्रपति भएको देख्ने इच्छा भएको बताइन् ।

अन्तरवार्ताकै क्रममा प्रियंकाले यो सबै सहज नभएपनि राजनीतिमा अब परिवर्तन आवश्यकता भएको बताइन् ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ २१, २०७६     12:13:27 PM  |