कोहलपुर ।
बाँकेको नेपालगन्जमा फर्वाड लजिस्टिक बेस (एफएलबी) निर्माण गर्ने कार्य शुरु भएको छ । आपतकालिन राहत सामाग्री भण्डारणका लागि राँझा विमानस्थल परिसरमा बन्ने प्रदेश स्तरीय फर्वाड लजिस्टिक बेस निर्माण कार्य शुरु गरिएको हो । बेसको बुधबार बेलायती अन्र्तराष्ट्रिय विकास मन्त्री बेरोनेस अलिजाबेथ सगले शिलान्यास गरिन् । फर्वार्ड लजिस्टिक बेस शिलान्यास कार्यक्रममा बेलायतकी अन्तर्राष्ट्रिय विकासमन्त्री बेरोनेस सगले ‘यहाँ (नेपालमा) बाढी र भूःक्षयजस्ता प्राकृतिक प्रकोपहरुको ठूलो खतरा रहेको बताईन् । गरिब समुदायहरु सबैभन्दा बढी जोखिममा छन् ।’
उनले भनिन्, ‘हामी एउटा नयाँ आपतकालिन प्रतिकार्य केन्द्र बनाउनका लागि विश्व खाद्य कार्यक्रम (डब्लू एफपी) सँग सहकार्य गदैंछौं । जसले सबैभन्दा आवश्यक भएको समयमा द्रुत रुपमा काम गरी हामी र नेपाल सरकारलाई धेरैको ज्यान बचाउन सघाउ पु¥याउने छ ।’ विश्व खाद्य कार्यक्रम नेपालकी प्रतिनिधि तथा राष्ट्रिय निर्देशक पेपा ब्रयाड फोर्डले यो परियोजनाले नेपालभरी आपत्कालिन सामग्री भण्डारमा सहयोग पुग्ने बताईन् । ‘यस महत्वपूर्ण पहलका लागि गरिएको ४२ लाख अमेरिकी डलर बराबरको उदार सहयोगका लागि हामी संयुक्त अधिराज्य सरकारप्रति कृतज्ञ छौं ।’ उनले भनिन् ।
संघीय सरकारको गृहमन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको साझेदारीमा नेपालगन्जमा प्रदेश स्तरीय बेस बन्ने भएको हो । यूके एडको सवा करोड रुपैयाँ सहयोगमा निर्माण भईरहेको राँझास्थित फर्वाड लजिस्टिक बेस सन् २०१९ को सेप्टेम्बर ३० भित्रमा संचालन गर्ने गरी तयारी भईरहेको छ ।
विश्व खाद्य कार्यक्रमले ६ वटै प्रदेशमा फर्वाड लजिस्टिक बेस निर्माण गर्दैछ । नेपालगन्जस्थित फर्वार्ड लजिस्टिक बेस संरचना देशैभर आपतकालिन कार्यहरु सञ्चालन गर्न प्रदेशस्तरमा निर्माण गर्न लागिएको यो पहिलो हो । यस अघि काठमाडौं अन्तराष्ट्रिय विमानस्थलमा मात्रै निर्माण गरिएको छ । निर्माण सम्पन्न भएपछि देशका सातै वटा प्रदेशका आ–आफ्नै फर्वार्ड लजिस्टिक बेस हरु हुनेछन् ।









प्रतिक्रिया दिनुहोस्