राष्ट्रिय नेपाल तेक्वान्दो संघको अध्यक्षतामा दल बहादुर विश्वकर्मा



कोहलपुर ।

राष्ट्रिय नेपाल तेक्वान्दो संघ नेपाल जिल्ला कार्यसमिति बाँकेको तेस्रो जिला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले दल बहादुर विश्वकर्माको अध्यक्षतामा ११ सदस्सीय नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा रोशनी थापा, सचिवमा हेमन्त पुन, सह–सचिवमा केशव श्रेष्ठ र कोषाध्यक्षमा प्रेम पुन चयन भएका छन् । नयाँ कार्यसमितीको सदस्यमा गेज बहादुर वली, सन्तोस विश्वकर्मा , रचना पटेल, लोटन चौधरी र शुवास जि.एम रहेका छन् ।

 

 

 

 

 

अधिवेशनमा शुभकामना मन्तव्य व्यक्त गर्दै जिल्ला खेलकुद विकास समिति बाँकेका उपाध्यक्ष गोविन्द पौडेलले नयाँ कार्य समिति सहमतिमा चयन गरेको भन्दै सबैलाई धन्यावाद दिएका थिए । उनले खेलाडी राष्ट्रको गहना भएको भन्दै खेलाडीको लागि सबै लाग्नुपर्नेमा जोड दिए । ‘यहाँका खेलाडीको लागि उपयुक्त वातावरण छैन’ उनले भने, ‘स्थानीय सरकारले खेलाडीका माग सम्बोधन गर्नुपर्छ ।’ कार्यक्रममा बोल्दै नव निर्वाचित अध्यक्ष विश्वकर्माले खेल क्षेत्रमा राजनिति हावि भएको भन्दै दुःखेसो पोखे ।

‘खेलकूद क्षेत्रमा राजनिति हावि भएका कारण राम्रा खेलाडीले स्थान पाउन सकेका छैनन्’ उनले भने, ‘आगामी दिनमा राम्रा अवसर भएका खेलाडीहरुलाई उचित स्थान दिनेछौ ।’ राष्ट्रिय नेपाल तेक्वान्दो संघ नेपाल प्रदेश ५ का संयोजक बुद्धि थापाले तेक्वान्दो खेलाडीहरुको क्षमता विकासको संघले पहल गरिरहेको दाबी गरे ।

  • No tags available
प्रकाशित मिति : २०७६ जेठ ८ गते बुधबार