8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

ब्राउन सुगरसहित एक पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ ८, २०७६  

दाङ ।
दाङमा प्रहरीले ७ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । लमही नगरपालिका वडा नम्बर ५ निवासी ३० बर्षिय चुर्णसिंह ठकुरीलाई वडा प्रहरी कार्यालय लमहीको टोलीले सोमबार राती अर्जुनखोला नजिकबाट पक्राउ गरेको हो ।

नेपालगन्ज बाट ब्राउन सुगर ल्याएर आउँदै गरेको सूचनाको आधारमा ठकुरी पक्राउ परेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रहरी निरीक्षक अरुणकुमार सिंहले जानकारी दिए । लमही क्षेत्रमा ब्राउन सुगर प्रयोगकर्ता बढ्न थालेको घटनामा प्रहरीले अनुसन्धान गर्दै जाँदा कारोबारीलाइ पक्राउ गर्न सफल भएको हो । मंगलबार अदालत बाट अनुसन्धानको लागि पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, जेष्ठ ८, २०७६     6:27:47 AM  |