3 December 2023  |   आइतवार, मंसिर १७, २०८०

बागेश्वरी सिङ्गिङ आइडल हुँदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ ३, २०७६  

कोहलपुर ।
बाँकेमा ‘बागेश्वरी सिङ्गिङ आइडल २०७६’ हुने भएको छ । आइडलको भोली शनिबारदेखि अडिसन सञ्चालन गरिने आयोजक राष्ट्रिय संगितकर्मी संघ बाँकेले जनाएको छ । बिहीबार कोहलपुरमा पत्रकार सम्मेलन गरेर संघले आइडलको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको थियो । कोहलपुर, नेपालगञ्ज, खजुरा, बैजनाथ र राप्तीसोनारीमा अडिसन गरीने छ ।

‘बागेश्वरी सिङ्गिङ आइडल २०७६’ मा प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई २० हजार रुपैया पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । ‘बागेश्वरी सिङ्गिङ आइडल २०७६’ पाँच चरणमा सञ्चालन गरिने कार्यक्रम संयोजक ओम शर्माले जानकारी दिए । उनका अनुसार टप टेनमा पर्न सफल हुनेलाई मेडल र प्रमाण–पत्र उपलब्ध गराइने छ ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ ३, २०७६     7:00:04 AM  |