नेपालगन्ज ।
बाँकेको नेपालगन्ज उप–महानगरपालिका २१ पुरैनीको एक कपास उद्योगमा आगलागी भएको छ । पुरैनामा रहेको शारदा कपास उद्योगमा सोमबार आगलागि हुँदा लाखौंको क्षति भएको हो ।
वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज नारायण डाँगीका अनुसार आगलागिका कारण करिब ५० लाखको क्षती भएको छ । आगलागीको जानकारी पाउने बित्तिकै पुगेको नेपालगन्ज उप–महानगरपालिकाको दमकलको सहायतामा प्रहरी र स्थानीयबासीले साढे दुई घण्टामा आगलागि नियन्त्रणमा लिएका थिए ।
विद्युत् सर्ट भएर आगलागि भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । यो उद्योगमा केही बर्ष अगाडि समेत आगलागि भएको थियो । उद्योगका सञ्चालक निरज गुप्ताले आगलागीका कारण विक्रि गर्न तयारी अवस्थामा राखिएको कपास र कच्चा माल जलेर नष्ट भएको जानकारी दिए । आगलागिबारे थप अनुसन्धान अगाडि बढाइएको बाँके प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७६ वैशाख १७ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्