मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख १४, २०७६
कोहलपुर ।
बाँकेको राप्तीसोनारी गाउँपालिका ८ शम्शेरगन्जमा बाँके राष्ट्रिय निकुञ्जको नजिकै मुख्य राजमार्गमा बम फेला परेको भन्दै स्थानीयबासीले प्रहरीलाई खबर गरे ।
बम फेला परेको खबर आएपछि स्थानीय ढकेरी प्रहरी चौकी, निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली बम फेला परेको स्थानमा पुगे ।
त्यहाँ पुगेका सुरक्षाकर्मीहरुले पनी बम भएको हुनसक्ने भन्दै बिहीबार साँझ ७ बजेदेखि १० बजेसम्म पुर्व पश्चिम राजमार्गमा सवारी साधन चलाउन रोक लगाएका थिए ।
नेपाली सेनाको बम डिस्पोजल टोली उक्त स्थानमा पुगी हेर्दा बम नभएको प्रमाणित भएको थियो ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक मान बहादुर बिसीले बम भनिएको उक्त बस्तु गुडिरहेको गाडीबाट झरेको प्लास्टिकको कालो ढक्कन रहेको जानकारी दिए ।