कोहलपुर ।
बाँकेको बैजनाथ गाउँपालिका—५ मा दृष्टीबिहीन भएका व्यक्तिहरुलाई गमन तालिम दिइएको छ । बैजनाथ गाउँपालिकाको आर्थिक सहयोग तथा बैजनाथ गाउँपालिका स्तरीय अपाङ्गगता सञ्जालले तीन दिने गमन तालिम दिएको
हो । दृष्टीबिहीन भएका व्यक्तिहरुलाई दैनिक कामकाज सहज होस् भन्ने उद्वेश्यका साथ गमन तालिम दिइएको बताइएको छ । तालिममा बैजनाथ गाउँपालिकाका सबै वडाका ३० जनाको सहभागिता रहेको थियो ।
तालिममा सहभागि भएका दृष्टीबिहीनहरुलाई निशुल्क रुपमा सेतो छडि वितरण गरिएको बताइएको छ । बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकले सेतो छडिको माध्यमबाट बाटो काट्न, घरबाहिर हिड्डुल, शौचालय जानको लागि सहज हुने विश्वास व्यक्त गरिन् । त्यस्तै बैजनाथ गाउँपालिका ५ का अध्यक्ष मन बहादुर खत्रीले दृष्टिबिहिन भएका व्यक्तिहरुलाई सेतो छडिले घरको सामान्य रुपमा दैनिक कार्य सम्पादन गर्ने, सडकमा वारपार गर्ने लगायत अन्य विभिन्न कार्य गर्ने सहज गर्ने सक्ने बताए ।
बैजनाथ गाउँपालिका स्तरीय अपाङ्गगता सञ्जालका अध्यक्षले तालिममा सहभागिलाई बढि भन्दा बढि प्रयोगात्मक अभ्यास गराएको बताए । उनीहरुलाई गाडिमा चढ्ने, गाडिबाट झर्न समेत सहज हुने उनको भनाई थियो । तालिममा नेत्रहिन संघ बाँकेका पूर्व अध्यक्ष भावुक जङ थापा र राधिका थापाले प्रशिक्षण दिएको बैजनाथ गाउँपालिका अपाङ्गगता सञ्जालका सचिव धिरेन्द्र विकले जानकारी दिए ।