स्ववियू कार्यालय उद्घाटन



रावन बिश्वकर्मा, बाँसगढी, बर्दिया ।
बाँसगढीमा रहेको बर्दिया बहुमुखी क्याम्पसमा स्ववियू कार्यालयको उद्घाटन गरिएको छ ।

कार्यालयको क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा सबिधान सभा सदस्य श्याम ढकालले शुक्रबार उद्घाटन गरेका थिए । कार्यालय स्थापना सँगै स्ववियूको कामकाज गर्न सहज हुने बताइएको छ । शुक्रबार नै क्याम्पसका चौथो बर्षका विद्यार्थीलाई बिदाई समेत गरिएको थियो ।

स्ववियूको आयोजनामा गरिएकोे बिदाई कार्यक्रममा बिएड र बि.बि.एस चौथो बर्ष पुरा गरेका ४५ जना विद्यार्थीहरुलाई फुलमाला अबिर र सम्झना पत्र सहित बिदाई गरिएको हो ।

संबिधान सभा सदस्य ढकालले सरकारले विद्यार्थीहरुको उच्च शिक्षाका लागि लगानी गर्नुपर्ने जोड दिए । उनले क्याम्पसहरुलाई निश्चित अनुदानको व्यवस्था गरे पनि लगानी नगर्दा अन्यौलको स्थितिमा रहेको भन्दै सबैको साथ सहयोगको आवश्यकता रहेको बताए ।

स्ववियु सभापति सागर पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा निमित्त क्याम्पस प्रमुख चन्द्र प्रसाद पौडेल, प्राध्यापकहरु हरि प्रसाद सुवेदी, नेपाल विद्यार्थी सँघ बर्दियाका सचिव ओम प्रकाश पौडेल, नगर स्तरिय युवा सञ्जाल बाँसगढीका संयोजक एकनारायण अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

स्ववियू सभापती पौडेलले क्याम्पसमा रहेका समस्याहरुको समाधानका लागि स्ववियु सक्रिय रुपमा लाग्ने बताए । उनले विद्यार्थीको मुख्य काम पढाई भएकाले पढाईलाई पहिलो प्राथमिकता दिन विद्यार्थीहरुलाई आग्रह गरे । स्ववियु सचिव रमेश बजगाँईले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य स्ववियु उपसभापति लक्ष्मी प्रसाद जोशीले राखेका
थिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ चैत २ गते शनिबार