12 September 2024  |   बिहिबार, भदौ २७, २०८१

बालविवाह न्यूनिकरणका लागि अन्तरपुस्ता संवाद

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, चैत्र १, २०७५  

बर्दिया ।
बालविवाह न्यूनीकरणका लागि बर्दियाको गुलरियामा अन्तरपुस्ता संवाद बिहीबार सम्पन्न भएको छ । कार्यक्रममा गुलरिया नगरपालिकाका किशोरीहरू, अभिभावक तथा बाल क्लवका प्रतिनिधिहरुले बालविवाह रोक्न प्रतिबद्वता जनाएका छन् ।

कार्यक्रमको उद्वेश्य किशोरीहरू तथा अभिभावकहरुलाई बालविवाह न्यूनीकरणमा स्थानीय सरकार र अभिभावकको भुमीका के–के हुने बारे रहेको कार्यक्रमका सुपरभाइजर जनक चौधरीले जानकारी दिए ।

अन्तरक्रियामा बालविवाहबाट हुने असर र अभिभावकहरुले खेल्ने सकारात्मक भुमिकाको वारेमा सहजीकरण गरिएको थियो । गुलरिया नगरपालिकाकी उप–प्रमुख सुशिला गिरीले नगरपालिकाले बाल संरक्षण नीति कार्यान्वयन गराउनका साथै बालबालिकाको हक अधिकार संरक्षण र बालविवाह विरुद्ध अभियान सञ्चालन गरिरहेको बताइन् । अहिले नगरपालिकामा पछिल्लो तीन बर्षको डाटा अनुसार एक हजार पाँच सय १९ बाल विवाह भएको उनले जानकारी दिइन् ।

जिल्ला स्तरीय किशोरी संजाल बर्दियाकी अध्यक्ष दिक्षा गिरीले आगामी दिनमा बालवालिकाहरु स्कुल जानबाट बन्चित हुन नहुने बताइन् । कार्यक्रममा बोल्ने सहभागिहरुले बालविवाह न्यूनिकरण गर्नको लागि सबैभन्दा बढी भुमिका अभिभावकहरुको हुने बताएका थिए । अन्तरपुस्ता संवाद कार्यक्रम अभिभावक , मदरसा क्लब, बाल क्लव र पत्रकार गरी ४० जनाको सहभागीता रहेको थियो ।

प्रकाशित मितिः शुक्रबार, चैत्र १, २०७५     8:04:32 AM  |