मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन ३०, २०७५
नेपालगन्ज ।
कोहलपुर नेपालगन्ज सडक खण्डको राँझा चोकमा बिहीबार बिहान बम फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार राँझा चोक भन्दा केही माथि बिहान ८ बजेतिर बम फेला परेको हो ।
दुध राख्ने सानो भाँडोमा टेपले बेरेर राखिएको अवस्थामा बम फेला परेको छ । बम निष्क्रीय बनाउनको लागि यतीबेला उक्त स्थानमा नेपाली सेनाको बम डिस्पोज टोलीले पुगिसकेको छ ।