यातायात कार्यालय नेपालगन्जमा अख्तियारको छापा, कागजपत्र नियन्त्रणमा



नेपालगन्ज ।

यातायात व्यवस्था कार्यालय नेपालगन्जमा अख्तियारको टोलीले छापा मारेको छ ।

मंगलबार अख्तियार दुरूपयोग अनुसन्धान आयोग वुटवल सम्पर्क कार्यालय नेपालगन्जको टोलीले छापा मारेर कार्यालयबाट कागजपत्रहरु नियन्त्रणमा लिएको हो ।

सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेले छापा मारेर कागजपत्र नियन्त्रणमा लिइएको पुष्टी गरे । मंगलबार छापा मारेर कागजपत्र नियन्त्रणमा लिएका छौं उनले भने, भोलीबाट अरु अनुसन्धान सुरु गर्छौं ।

यातायात कार्यालयमा सवारी चालक अनुमती पत्र लिदा ठूलो चलखेल हुने बताइन्छ

  • No tags available
प्रकाशित मिति : २०७५ फागुन २२ गते बुधबार