रुपाँचा विलभर्सको वार्षिकोत्सव सम्पन्न



कोहलपुर ।
बाँकेको कोहलपुरमा रहेको रुपाँचा विलभर्स इङलिस मिडियम स्कुलको आफ्नो १२ औं बार्षिकोत्सव मनाएको छ ।

आइतबार स्कुलको बार्षिकोत्सवको एक भव्य समारोहका बिच कोहलपुर नगरपालिका वडा नम्बर १० का अध्यक्ष निमबहादुर चलाउनेले उद्घाटन गरेका थिए । बालबालिका भविष्यका कर्णधार रहेको भन्दै उनले उनीहरुलाई सही शिक्षा दिनुपर्नेमा जोड दिए ।

विद्यालयको शिक्षाले मात्र बालबालिकालाई नपुग्ने बताउदै वडा अध्यक्ष चलाउनेले घर समाजबाट समेत राम्रो संस्कार सिकाउनुपर्ने बताए । विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्वि गर्न नगरपालिका लागिरहेको उनले जानकारी दिए ।

उक्त कार्यक्रमको अवसरमा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । वार्षिकोत्सवको अवसरमा २०७४ सालको नतिजा अनुसार प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको स्कुलका प्रिन्सिपल उर बहादुर घलेले जानकारी दिए ।

बाषिकोत्सव समारोहमा स्कुल संस्थापक चित्र कुमार रुपाँचा, एन प्याबसनका जिल्ला अध्यक्ष श्याम कुँवर, उपाध्यक्ष किशोर राज मल्ल, एकराज शर्मा विद्यार्थी, शिक्षक, अभिभावक लगायतको उपस्थिती रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ फागुन २० गते सोमबार