29 November 2023  |   बिहिबार, मंसिर १४, २०८०

प्रदेश ५ स्तरीय भारोत्तोलन छनोट प्रतियोगितामा बाँकेको वर्चस्व

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, फाल्गुन १८, २०७५  

बाँके । 

नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश ५ स्तरीय रोत्तोलन छनोट प्रतियोगितामा बाँकेले वर्चस्व जमाएको छ।

नेपालगञ्जमा शुक्रबार सम्पन्न प्रतियोगितामा नौ स्वर्णसहित बाँकेले वर्चस्व जमाएको हो। प्रतियोगितामा बर्दियाले चार स्वर्ण र दाङले दुई स्वर्ण पदक हात पारेको छ। मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख विष्णुप्रसाद शर्माका अनुसार ६१ किलो तौल समूहमा बाँकेका तुषार बुढामगरले स्वर्ण जितेका छन्।

त्यसैगरी ६७ किलो तौल समूहमा बाँकेका प्रशान्त योगी, ७३ किलोमा बाँकेका सुरज वैश्य, ८१ किलो तौल समूहमा बाँकेका अभिमान चौधरीले स्वर्ण पदक हात पारेका छन्। प्रतियोगितामा ९६ किलो तौल समूहमा बाँकेका अरविन्द गुप्ता, १०२ किलो तौलमा रमेश जयसवाल, ९६ किलोमा सादाव अली तथा महिला तर्फ ५५ किलो तर्फ बाँकेकी सरिता चौधरी र ७१ किलो तौलमा सम्झना क्षेत्रीले स्वर्ण जितिन्।

बर्दियाका रामकुमार चौधरीले ५५ किलो तौल समूहमा स्वर्ण जिते। त्यसैगरी, १०९ किलोमा बर्दियाका रोशन डिसी, ४५ किलोमा हिरामोती चौधरी र ४९ किलोमा पवित्रा थापामगरले स्वर्ण पदक हात पारेको कार्यालय प्रमुख शर्माले बताए। उनले ६४ किलो तौल तर्फ दाङका रामकुमार चौधरी र ७६ किलोतर्फ कल्पना चौधरीले स्वर्ण पदक हात पारेको जानकारी दिए।

प्रकाशित मितिः शनिबार, फाल्गुन १८, २०७५     7:59:53 PM  |