कोहलपुर ।
बाँकेको कोेहलपुरका शुक्रबार नगर स्तरिय अन्तर मावि वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन कोहलपुर नगर समितीको आयोजनामा वक्तृत्वकला भएको हो । “बिपद् व्यवस्थापनमा बिद्यार्थीको भुमिका“ बिषयमा भएको वक्तृत्वकला प्रतियोगितामा नगरभित्रका नौं वटा सामुदायिक माध्यामिक विद्यालयका बिद्यार्थीहरुले भाग लिएका संगठनका नगर उपाध्यक्ष भिम खरेलले जानकारी दिए ।
प्रतियोगितामा सरस्वती मावि पिपरिका लक्ष्मी कुमाई प्रथम, सगरमाथा ज्ञानपुञ्ज मावि किरणनालाका सुस्मिता मल्ल र राम मावि हवल्दारपुरका बिसु गाहा मगर द्वितिय, जनज्ञान ज्योति मावि कौशिलानगरका भावना थापा तृतिय र नेपाल राष्ट्रिय मावि खड्गवारका सृजना थारुले सान्त्वना हुन सफल भए । उनीहरुलाई अतिथीहरुले पुरस्कार वितरण गरेका थिए ।
वक्तृत्वकला प्रतियोगितामा नेपाल राष्ट्रिय शिक्षक संगठन ५ नम्बर प्रदेशका बरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद सापकोटाले संगठनले शिक्षकको हकहितका साथै बिद्यार्थीको प्रतिभा पहिचान गर्न बिभिन्न अतिरिक्त क्रियाकलाप गर्दै आएको जानकारी दिए । उनले कोहलपुर नगर समिति क्रियाशिलताका साथ बिभिन्न कार्यक्रम गरेकोमा खुसी ब्यक्त गरे ।
प्रतियोगितामा कोहलपुर नगरपालिका सामाजिक बिकास समिति संयोजक नारायणी वली, कोहलपुर नगरपालिका वडा न १ का अध्यक्ष गोपिलाल खनाल, कोहलपुर नगर शिक्षा प्रमुख राम सुरेश यादव, नेपाल राष्ट्रिय शिक्षक संगठनका बाँके सचिव दिल बहादुर खत्री, स–कोषाध्यक्ष कल्पना जोशी, शिक्षक महासंघ कोहलपुरका अध्यक्ष राम प्रसाद चापागाई, जनज्ञान ज्योति माविका बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष खिमलाल शर्मा लगायतले बोलेका थिए ।
संगठनका नगर अध्यक्ष बिनोद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नगर सचिव निम प्रकाश थापाले गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्