नेपालगन्ज ।
नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसिएसन ९एनइए० बाँकेले विभिन्न कार्यक्रम गरी आफ्नो पाँचौ स्थापना दिवस मनाएको छ ।
मंगलबार एक कार्यक्रमका बिच एनइएले आफ्नो पाँचौ स्थापना दिवसको अवसरमा एशोसिएसन सम्बद्ध अग्रज व्यवसायीहरुलाई सम्मान गर्नुका साथै असहाय बालबालिकाहरुलाई सहयोग थियो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष चोलराज श्रेष्ठ, धुव्र प्रसाद दाहाल, हरिश्चन्द्र श्रेष्ठ, दत्त प्रसाद आचार्य, प्रल्हाद लखेर र रामकुमार कसौंधनलाई सम्मान गरिएको एनइए बाँकेका अध्यक्ष चिरञ्जीवि ओलीले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले व्यवसायिक चुनौतिहरु समाधानका लागि सबै व्यवसायी एकजुट भएर अगाडि बढ्नु पर्ने बताए ।
उनले व्यवसायीहरुलाई आइपर्ने सबै समस्याहरुको पक्षमा काम गर्न सघ सदैब तयार रहेको दाबी गरे । एनइए महासचिव विष्णु जोशीले सञ्चालन गरेको कार्यक्रममा सम्मानित व्यक्तिहरुले नेपालगन्जमा इलेक्ट्रोनिक्स व्यवसायको विकास क्रमबारे आफ्नो धारणा राखेका थिए ।
एनइएले सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक विकास प्रवद्र्धन केन्द्रमा आश्रित ११ जना बालबालिकालाई खाद्यान्न तथा स्टेशनरी सहयोग गरेको छ । एनइए बाँके अध्यक्ष ओलीले सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले सधै आफ्नो स्थापना दिवसमा सामाजिक कार्यक्रम गर्ने गरेको जानकारी दिए ।
एनइए उपाध्यक्ष प्रमोद कुमार गुप्ताले स्वागत गरेको कार्यक्रममा क्यान महासंघ बाँके अध्यक्ष भोजराज तिमिल्सिना, इलेक्ट्रोनिक्स व्यवसायी शैयद जहाँगिर, व्यवसायी लगायतले बोलेका थिए ।