8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

गण्डकी मेडिकल कलेजमा झडपः छात्राहरुमाथि प्रहरीले बुट बजारेको विद्यार्थीहरुको आरोप

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, फाल्गुन १४, २०७५  

पोखरा ।

पोखरामा रहेको गण्डकी मेडिकल कलेजमा सोमबार एकाएक झडप भएको छ । कलेजका बिद्यार्थीले हडताल गरेर अनशन बसेको लामो समय भइसक्दा पनि दुई पक्षबीच सहमति हुन नसकेपछि कलेज प्रसाशनले प्रहरीलाई गुहारेर अस्पताल खुलाउने प्रयास गरेको थियो । बिरोधमा उत्रिएका बिद्यार्थीले कलेज तथा अस्पतालमा भएको तालावन्दी प्रहरीले खोल्ने प्रयास गर्दा प्रतिकारमा उत्रीएका बिद्यार्थी र प्रहरीबीच झडप भएको हो ।

करिब २५ दिन लामो बिरोधको कार्यक्रम गरिरहेका बिद्यार्थीले अस्पताल प्रशासनले जबरजस्ती प्रहरी प्रयोग गरेर बिद्यार्थीमाथि ज्यादति गरेको आरोप लगाएका छन । कलेज प्रशासनले सरकारको अनुगमन टोली केही दिनमा अस्पताल अनुगमनमा आउन लागेको र त्यसको लागि अस्पतालमा बिरामीको संख्या देखाउनुपर्ने भएकाले जबरजस्ती आजै अस्पताल सञ्चालन गनुपर्ने भएकाले प्रहरी लगाएर हडतालमा हस्पक्षेप गरेको आरोप बिद्यार्थीहरुले लगाएका छन ।

बिहान आन्दोलनकारी बिद्यार्थी नभएको समय पारेर प्रहरीले ताला फोरेको थियो । बिद्यार्थीले आफुहरुले लगाएको ताला अनुमति बेगर तोडेको भन्दै फेरि ताला लगाउन जाने क्रममा प्रहरीले ज्यादति गर्दै छात्रा बिद्यार्थीमाथि पुरुष प्रहरी प्रयोग गरेर हातपात गरेको आरोप लगाएका छन । पुरुष प्रहरीले बुटले प्रहार गरेको र आफुहरुमाथि कलेज प्रशासनले प्रहरी प्रयोग गरेर ज्यादति गरेको भन्दै आक्रोश पोखेका छन ।

अतिरिक्त शुल्क तुरुन्त फिर्ता गर्न , सरकारको निर्णय कार्यान्वयन गर्न , बिद्यार्थीले तिरेको सम्पूर्ण रकमको बिल उपलब्ध गराउन , शुल्क भुक्तानीको बिषयलाई लिएर बिद्यार्थीलाई परीक्षामा सामेल हुन र परीक्षाफल हेर्नमा रोक लगाउने काम कुनै पनि रुपमा नगर्न लगायतका माग राख्दा पनि कलेजले र सम्बन्धित निकाय मौन रहनुले बिद्यार्थी र अभिभावक मारमा परेका छन ।

गण्डकी मेडिकल कलेजका करीब ४०० बिद्यार्थीले आन्दोलन गरेको २५ दिन बितिसकेको छ । उनीहरुको न त बार्ता नै भएको छ , न त नियामक निकायको ध्यानाकर्षण भएको नै छ । यसरी भबिष्यका देशका डाक्टरहरु बनाउन पठाएको कलेजमा आन्दोलन गरेर बस्नुपर्दा विद्यार्थीका अभिभावकहरु पनि चिन्तित बनेका छन ।

गण्डकी मेडिकल कलेजमा भएको प्रहरी दमनका विरुद्ध र एम.बि.बि.एस मा अध्ययनरत विध्यार्थीहरु को माग प्रती मेरो ऐक्यबद्धता रहेको छ । विर्ध्याथी संगठनको ध्यानाकर्षण गराउन चाहन्छु २५ औ दिन बितिसक्दा पनि करिव ४०० विध्यार्थी को भविस्य माथी खेलबाड गर्दै कलेज प्रशासनले दमनकारी शैलीमा विध्यार्थीका मागहरु प्रती बेवास्ता गरेको छ । नेपालगन्ज मेडिकल कलेजका विर्ध्यार्थी र सम्पुर्ण इन्टन हरुको तर्फ बाट हामी उत्त आन्दोलनलाई ऐक्यबद्धता जनाउदछौ ।।। https://www.news24nepal.tv/2019/02/25/482223?fbclid=IwAR1lHO0cWNR–RlyySrXI9UhVytuaDNBZjvm8Cd4gTXvaGaeHuDou3cmgi8

Gepostet von Devendra Acharya am Montag, 25. Februar 2019

प्रकाशित मितिः मङ्लबार, फाल्गुन १४, २०७५     8:22:07 AM  |