डिल्ली शाही कोहलपुर, कोहलपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा शैक्षिक गुणस्तर सुधार समिमितद्वारा नगरभित्रका विद्यालयहरुको अनुगमन तिव्र पारेको छ ।
गत फागुन १ गते बाट कोहलपुर नगरपालिका भित्रका सरकारी तथा संस्थागत विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्नका लागि अनुगमन तिव्र पारिएको हो ।
फागुन १ देखि सुरु भएको अनुगमनमा सरकारी तर्फका आठ विद्यालय तथा संस्थागततर्फका आठवटा विद्यालय अनुगमन गरिएको छ । अनुगमनको क्रममा अधिकांश विद्यालयहरुमा अतिरिक्त क्रियाकलापको समस्या, कक्षा अनुसारको शैक्षिक सामग्रीको अभाव, विभिन्न रेकर्डहरुको अभाव, पिउने पानीको समस्या, शिक्षक नियुक्ती नपाउनु लगायतका समस्या अनुगमका क्रममा पाइएको नगर शिक्षा कार्यालयका प्रमुख रामसुरेस यादवले जानकारी दिएका छन् ।
त्यस्तै विद्यालय निरीक्षक दान बहादुर विष्टका अनुसार अनुगमन गर्दा ह्वाइट वोर्डहरु कक्षा अनुपातमा नभएको, प्रशासन सूचनाको अभाव, नीजि स्रोतका शिक्षक कर्मचारीको स्थायी सेवा सुविद्याको अभाव, आंशिक शिक्षकको संख्या बढि, कक्षा १ र बालशिक्षा एउटै कक्षामा पठ्नपाठन लगर्नुपर्ने अवस्था लगायतका समस्या भेटिएका छन् ।
अधिकांश सामुदायिक विद्यालयका भवनहरु जिर्ण अवस्थामा पाइएका छन् । सामुदायिक विद्यालयमा सरसफाईको अवस्था पनि राम्रो नहुनुका साथै शिक्षकहरुमा भाषगत समस्या समेत पाइएको विद्यालय निरिक्षक विष्टले बताए । यस्तै, विद्यालय हाताको पर्खाल घेरबार नहुनुका साथै विद्यार्थीको अनुपातमा शिक्षक संख्यासमेत निकै कम पाइएको छ ।
त्यस्तै अनुगमनमै रहेका अर्का शिक्षा विज्ञ तोयानाथ पहाडीले अधिकांश विद्यालयहरुमा विषयगत शिक्षकको अभाव हुनुका साथै शिक्षकहरु आधुनिक प्रविधिमैत्री नभएको, विद्यालयमा शैक्षिक सामग्री अभाव र प्रयोगशालाको समस्या समेत देखिएको छ । तस्तै सामाजिक विकास समिति संयोजक नारायणी वलीका अनुसार अनुमगन गर्दा प्रायजसो सामुदायिक तथा संस्थापक विद्यालयहरुले आफ्ना शिक्षकहरुलाई सामुदायिक शिक्षक सरह विभिन्न तालिम दिनुपर्ने, अनुगमन प्रक्रियालाई कम्तीमा पनि महिनामा १ पटक गरिनुपर्ने, एक प्राविधिक धारहरुको अनुमति प्रदान गर्नुपर्ने लगायतका मागहरु राखेका उनले बताइन् ।
शिक्षा विज्ञ एकराज शर्माका अनुसार खासगरी सामूदायिक विद्यालयमा देखा परेका यावतसमस्याहरु छन् । जहाँ भौतिक शैक्षिक आर्थिक एवम प्रशासनीक पक्षहरुमा नेपालसरकारले जुन जसरी लगानी गरेको छ । उनकाअनुसार प्रतिफल नआउँदा सामूदायिक विद्यालय प्रति अभिभावकको हेराईमा संस्थागत विद्यालय भन्दा नकारात्मक नै देखिएको छ । सामुदायिक विद्यालयका विद्यार्थीहरुको सर्वाङ्गिण विकास भएको देखिन्छ तर संस्थागत विद्यालयका विद्यालयहरुको पठनपाठन सुगा रटाई जस्तो देखिएको उनको भनाइ छ ।