रावन बिश्वकर्मा, बाँसगढी ।
निजि तथा आवासिय विद्यालयहरुको छाता संगठन एन प्याब्सन बर्दियाको चौथो जिल्ला अधिबेशन बाँसगढीमा सम्पन्न भएको छ ।
आईतबार राष्ट्रिय निजि तथा आवासिय विद्यालय एशोसियसन नेपाल (एन प्याब्सन)का केन्द्रिय अध्यक्ष रितुराज सापकोटा, केन्द्रिय महासविच, लगायत केन्द्रिय तथा प्रदेशका बिशिष्ठ व्यक्तित्वहरुको आथित्यमा अधिबेशन भव्य रुपमा सम्पन्न भएको हो । अधिबेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै एन प्याब्सनका केन्द्रिय अध्यक्ष सापकोटाले भविष्यको देशको नेतृत्वकर्ता अहिले कक्षा कोठामा रहेको बताए । उनले सरकारले ल्याउने तयारी गरिरहेको शिक्षा निति तथा नियमको सन्दर्भलाई जोड्दै शिक्षाको मुलमा भुल हुदै छ की भन्ने चिन्ता बढी रहेको दाबी गरे । अध्यक्ष सापकोटाले बालबालिकाहरुको भविष्यलाई केन्द्रमा राखेर शिक्षा क्षेत्रको बिकासमा सबैले सोच्न जरुरी रहेकोमा बताउदै सबैले एकै ठाँउमा बहस गर्नु पर्ने आबश्यकता औल्याए । 
केन्द्रिय महासचिव न्यौपानेले निजि विद्यालयहरुको अस्थित्वको लडाई लडिरहेको बताए । उनले शिक्षालाई ४० बर्षपछि धकल्ने गरी शिक्षा निति निर्माण भईरहेको अबस्था देख्दा शिक्षाकर्मीहरु अहिले चिन्तित भईरहेको दाबी गरे । एन प्याब्सन बर्दियाका अध्यक्ष बुद्ध गिरीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास समन्वय ईकाइ बर्दियाका प्रमुख डन्डपानी शर्मा, बढैयाताल गाँउपालीकाका अध्यक्ष लाल बहादुर श्रेष्ठ, एन प्याब्सनका केन्द्रिय सल्लाहाकार पाण्डप हमाल, प्रदेश नम्बर ५ का अध्यक्ष शुभ डाँगी, बाँके जिल्ला अध्यक्ष श्याम कुवर, शिक्षा शाखा बाँसगढीका प्रमुख रबिलाल मिजार, नगर शिक्षा विकास समिति बाँसगढीका सदस्य जित बहादुर रोकाय, प्याब्सन बर्दियाका अध्यक्ष तेजनाथ पौडेल, बिभिन्न शिक्षक सँघ संगठनका अध्यक्ष, एन प्याब्सनका केन्द्रिय, प्रदेश तथा जिल्ला पदाधिकारी लगायतको सहभागिता रहेको थियो । एन प्याब्सन बर्दियाका सचिव रामबाबु चौधरीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य बरिष्ठ उपाध्यक्ष हेमराज विसिले राखेका थिए ।
कार्यक्रममा एन प्याब्सनको सदस्यता लिएका बर्दिया जिल्लामा रहेका विद्यालयलाई प्रमाण पत्र सँगै सहभागि अथितिहरुलाई मायाँको चिनो समेत बितरण गरिएको थियो । अधिबेशनबाट ३ बर्षका लागि नयाँ कार्य समिति चयन समेत गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्