राजापुर ।
बर्दियाको राजापुर नगरपालिकामा विद्यालय सुरक्षा सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ ।
समाबेशी शिक्षा प्रर्वधन परियोजना अन्तर्गत शनिबार दुई दिने विद्यालय सुरक्षा सम्बन्धी अभिमुखीकरण समापन भएको हो । राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरियाको आयोजना र प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको थियो ।
अभिमुखीकरणमा यस क्षेत्रमा रहेका सामुुदायिक विद्यालयमा शिक्षाको गुणस्तर कायम राख्न, विद्यालयको सुशासन नीति बनाउन, शिक्षाको समस्यालाई पहिचान गरि शिक्षाको गुुणस्तर कसरी बढाउन सकिन्छ भन्ने बिषयमा छलफल भएको बताइएको छ ।
साथै आगामी दिनमा यस्ता अभियान सन्चालन गर्ने, विद्यालयमा आईपर्ने बाढी, पहिरो जस्ता विभिन्न विपद्का क्षेत्रमा देखिएका समस्या तथा चूनौती पहिचान गर्ने लगायतका अन्य बिष्यामा छलफल भएको थारु जनसेवा केन्द्रका कोषाध्यक्ष यज्ञराज पोख्रेलले जानकारी दिए ।
राजापुर नगरपालिका शिक्षा शाखाका प्रमुख गणेश सिंहले विपद् व्यवस्थापनको क्षेत्रमा काम गर्ने संघ सस्थाहरुसँग सहकार्य गरी विद्यालयहरु अगाडि वढ्नुपर्ने बताए ।
अभिमुखीकरणमा नगरपालिका विभिन्न विद्यालयका प्राधानाध्यापक, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।