कोहलपुर ।
बाँकेको कोहलपुरमा रहेको जीवन ज्योति स्कुलले क्यान्सर पीडित युवकलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ ।
शनिबार स्कुलमा नै भएको अभिभावक भेलामा दैलेखका १८ वर्षिय युवा गणेश बहादुर शाहीको उपचारको लागि तिस हजार रुपैया प्रदान गरिएको हो ।
कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले शाहीको उपचारका लागि सहयोग जुटाइरहेको समाज सेवा संस्थाका अध्यक्ष विनोद थापालाई तीस हजार रुपैयाको चेक प्रदान गरेका थिए ।
गत तिहारमा देउसी भैलो खेलेर संकलित रकमबाट बिस हजार र विद्यालयको आन्तरिक श्रोत बाट दश हजार गरी कुल तीस हजार रुपैया क्यान्सर पिडित शाहीलाई प्रदान गरिएको जीवन ज्योति स्कुलका प्रिन्सिपल जोमन जेम्सले जानकारी दिए ।
यसैबीच शनिबार नै भएको अभिभावक भेलामा विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । स्कुलमा भएका विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थी–हरुलाई नगर प्रमुख रावत तथा विद्यालय निरीक्षक जिवन न्यौपानेले पुरस्कार प्रदान गरेको स्कुलका लेखापाल कल्याण तिमिल्सेनाले जानकारी दिए ।
प्रकाशित मिति : २०७५ फागुन १२ गते आइतबार









प्रतिक्रिया दिनुहोस्