नेपालगन्ज ।
बाँकेको नेपालगन्जमा जारी प्रथम जुमा अन्तर व्यवसायी फुटबल प्रतियोगितामा तयारी कपडा, व्याग, जुत्ता, चप्पल तथा खुद्रा व्यवसायी संघ र नेपालगन्ज इलेक्ट्रीकल एशोसिएसन बाँके सेमिफाइनल प्रवेश गरेका छन् ।
शनिबार भएको समूह क को खेलबाट तयारी कपडा समूह बिजेता र इलेक्ट्रीकल एशोसियसन उप–बिजेताको टुंगो लागेको हो ।
पहिलो खेलमा नेपालगन्ज जुत्ता चप्पल व्यासायीले नेपालगन्ज कस्मेटिक चुरा व्यावसायी संघलाई ६–० गोल अन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा तयारी कपडा, व्याग, जुत्ता, चप्पल तथा खुद्रा व्यवसायी संघ र नेपालगन्ज इलेक्ट्रीकल एशोसिएसन बाँकेले १–१ गोलको बराबरी खेलेका थिए ।
जुमा स्पोर्ट्स क्लबको आयोजनामा भैरहेको प्रतियोगितामा क र ख गरि ८ टिमको सहभागी रहेकोे छ । प्रतियोगितामा आइतबार समूह ख को बिजेता र उप–बिजेता टोलिको टुंगो लाग्ने क्लबका अध्यक्ष भिम रानाभाटले जानकारी दिए ।
आजको पहिलो खेलमा नेपाल पाठयपुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँके र होटल व्यावसायीसंघ बाँके भिड्नेछन् भने दोस्रो खेलमा मदिरा व्यावसायी संघ र अटोमोबाइल्स व्यावासायी संघ भिड्ने भएका छ्न ।
प्रकाशित मिति : २०७५ फागुन १२ गते आइतबार









प्रतिक्रिया दिनुहोस्