रहरले पु¥याएको साँफेबगर



महानन्द ढकाल

कात्र्तिक १७ गते दिनको सवा दुई बजेबाट हाम्रो यात्रा सुरु भयो । बा १२ प ५४०९ का रामप्रसाद रिजाल हामीलाई लिन आइपुगे । गाडीमा चढ्नु पूर्व सुमित्रा र मैले तस्बिर खिच्यौं । ‘अछाम यात्रा’ भनेर फेसबुकमा अपलोड पनि ग¥यौं । जमाना नै फेसबुकको छ । को कहाँ जाँदै छ ? के गर्दै छ ? सबै खुलस्त । फेसबुकले गोपनियतालाई हदैसम्म भङ्ग गरिदिएको छ । बद्री ढकाल, सन्तोषी बिष्ट, करुणा बिष्ट र शरद लामिछाने हामीलाई रुँघेर बस्नु भएको रहेछ । कृष्ण भुसाललाई कोहलपुर चौराहबाट पिकअप ग¥यौं । कपिल अञ्जान भने डा. देवेन्द्र आचार्यको घर कौशिला नगर पुगेको सूचना भयो ।

बाटोमा आवश्यक पर्ने सामान्य किनमेल गरी कपिल अञ्जानलाई गाडीमा चढाएर हामी उत्तरतिर
हानियौं । ‘हामी सुटिङ्मा हिडेका पत्रकार हौं ।’ चिसापानीको सैनिक ब्यारेकमा चेकजाँचको क्रममा कपिलले सैनिकलाई भने । ‘पत्रकार’ भन्ने शब्द कतिलाई सम्मानित र प्रीय लाग्छ भने कतिलाई तर्साउने शब्द ।  उनलाई के लाग्यो थाहा भएन । ‘जानुहोस्’ भन्ने आदेश दिए । हामी अगाडि बढ्यौं । इन्ट्री गर्ने झन्झटले कपिलले सुटिङको वहाना बनाएका थिए । हुन त म र कपिल दुबै पत्रकार महासंघका सदस्य थियौं । कपिलको पेसा डकुमेन्ट्री सुटिङ नै थियो । उनी धेरै जसो सुटिङमै हुन्थे । इन्ट्री गर्ने झन्झटले
झुठो बोल्यांै । हामीले झुठो नबोलेको भएपनि हुन्थ्यो तर बोल्यौं । क्यामरा र क्यामराको स्टेण्ड देखेपछि विचरा सैनिकले नपताउन् पनि कसरी ? हुन त ‘बोल्नेको पिठो बिक्ने देशका नागरिक हांै हामी ।’
बाटोले जङ्गललाई दुई भागमा बाँडेको थियो । बर्दिया राष्ट्रिय निकुञ्ज र बाँके राष्ट्रिय निकुञ्जको सिमाना थियो यो बाटो ।  बाँदरहरु बाटैभरि थिए । जङ्गल सुन्दर र शान्त थियो । बाँदरहरु भएको ठाउँ पनि यति शान्त ? अनौठो लाग्यो । यो बाटो धेरै पटक ओहोर दोहोर गरेको थिएँ । यस्ता बाँदर धेरै पटक देखेको थिएँ तर यस पटक फरक अनुभूति भयो । रामप्रसाद गुरुजीले बाँदरको चर्तिकला देखाए । एक मुठी भुजा के फालेका थिए सयौं बाँदरहरु हामीलाई पच्छाउन सुरु गरे । शान्त वातावरण एकाएक तहसनहस भयो । काँकाँ र कुँकुँ गर्दै एकले अर्कोलाई चिथोर्ने, कोपर्ने र पड्काउने गर्न सुरु गरें । अभावले अशान्ति मच्चाउँछ भन्ने बुझ्न अन्त जानै नपर्ने भयो । झण्डै एक किलो मिटर हाम्रो गाडीलाई पच्छाए विचरा बाँदरहरुले ।

उकालो ओरालो नगर्ने सिमित नेपालीहरु होलान् । पहाड पर्वत हेरेर नरमाउने सायद कमै होलान् । तराइमा बसाइ सरेपछि त झन मलाई पहाड विशेष लाग्न थालेको थियो । डाँडामा चढेर तल हेर्दा ‘संसारकै अग्लो मान्छे म नै हूँँ’ जस्तो धेरै पटक लागेको थियो मलाई । चारैतिर जङ्गल वीचमा नागवेली पर्दै उकालो चढेको बाटोलाई पच्छाउँदै हामी देउराली पुग्दै थियौं । बाटोमा ‘अन टेस्ट’ लेखेको हाइस उत्तानजरा लागेको थियो । रातको समयमा दुर्घटनामा परेको रहेछ । ‘बाटोमा एक जना सुन्दरीले बाटो छेकिन् रे, तर्काउन खोज्दा पल्टिएको रे ।’ एक्ली महिला रातको समयमा त्यो पनि बीच जङ्गलमा ? निकुञ्जभित्रको सुनसान स्थानमा ?  कति पत्याउनु कति
नपत्याउनु ? यो बाटोमा ‘किचकन्नी देख्यांै’ भन्नेहरु त पहिला पनि भेटेको थिएँ ।

अझै पनि हाम्रो समाजले धामी झाँक्री, टुना मुना, बोक्सी, भूत, प्रेत, किचकन्नी आदिमा विश्वास गर्न छोडेको छैन । अमूक शक्तिको त्रासमा त्रसित छ हाम्रो समाज आज पनि । हामीले ‘यस्तो कहाँ होला ?’ त भन्यौं तर हाम्रो सारथी बनेका रामप्रसादले अन्य स्थानका दृष्टान्तहरु पनि पेश गर्न थाले । घडीले तीन बजेको सङ्केत गरेको थियो । ‘ छोडौं यी कुरा, समाचार सुनौं’ भन्दै एफ एम लगाउन पठाएँ । समाचार पनि उही पुरानो । निर्मला हत्याकाण्ड ।

दुई तीन महिनादेखि पत्रपत्रिका रेडियो, टेलिभिजन, सभा, सम्मेलनदेखि चियापसलसम्म निर्मला पन्त चर्चामा थिइन् । पश्चिम कञ्चनपुरकी यी निर्मला पूर्व इलामसम्म गफ गर्ने माध्यम बनेकी थिइन् । ‘निर्मला हत्यामा ‘र’ को हात हुन सक्ने भन्ने समाचार सुन्दा नेपालको अनुसन्धानप्रति टिठ लाग्यो । नेपालीको लागि ‘र’ साच्चीकै अमूक शक्तिका रुपमा चरितार्थ भएकोले पनि यो प्रसङ्ग उठेको जस्तो लाग्यो । एउटा सामान्य केटीलाई बलत्कार गरेर हत्या गर्न ‘र’ नै लाग्यो भनेर भन्नु त ‘हग्नेलाई भन्दा देख्नेलाई लाज’ भने जस्तै हो । समाचार बनाउनेले पनि यस्ता सूचनालाई प्राथमिकता नदिए पनि हुने नि । हुन त नूनको सोझो गरेका होलान् सायद ‘पित पत्रकारिता’ गर्नेहरुले ।

हामी देउरालीबाट ओरालो झरी फेरि हर्रे पुग्न उकालो चढ्दै थियौं । अनेक घुम्तीहरु पार गर्दै छिन्छु पुग्दा करुणा बिष्टले दुई तीन पटक बोमिट गरिसकेकी थिइन् । कतै अप्ठ्यारो पो हुने हो कि जस्तो पनि भयो । छिन्चुमा चिया नास्ता खायौं. । एकै छिनमा करुणा फ्रेस भइन् । गाडीबाट ओलिर्ने वित्तीकै दुई चार पोज फोटाहरु खिचिसकेका थियांै. । यात्रामा जति अप्ठ्यारो भए पनि सामुहिक फोटामा हँसिलो अनुहार करुणा कै देखिन्थ्यो । ‘आँधिखोला उर्लेर आयो, आउने थिइन मायाले बोलायो’ भन्ने गीत घन्काए गुरुजीले । मनकै गीत लगाए ।

यसपटक यो गीत मन पर्ने दुई कारण थिए– पहिलो साथीहरुले कर गरेरै बोलाएकोले अछामको यात्रामा निस्किएको थिएँ । दोस्रो म आपैंm आँधिखोले संँस्कृतिमा हुर्किएको र आँधिखोलाको पानीले मुख धोएको मान्छे थिएँ । आँधिखोलाको पानीले खियाउँदा खियाउँदै लोहोरा बनाएका ढुङ्गामा पल्टिएको मान्छे थिएँ । आँधिखोला नामले मात्र पनि मलाई उर्जाशील बनाउँथ्यो । हुन पनि त्यही आँधिखोलो हो, मलाई जिन्दगी जीउने कला सिकाएको ।

सुब्बा कुना पुग्दा दिन डुब्न थालेको थियो । कात्र्तिक महिनाको अन्तिमतिर भएकोले दिन छोटिन थालिसकेका थिए । कताकति तुवालो र चीसोको आगमन भइसकेको थियो । विरेन्द्रनगर पारगर्दै गुराँसे पुग्दा त राती नै भइसकेको थियो । गुरुजीले गुराँशे बास बस्न मन गरे । गुराँशे बसेर १८ गते हुने अछामको कार्यक्रम भेट्न सकिएला जस्तो लागेन । कपिल अञ्जानले दैलेखका गजलकार सन्देश कठायतसङ्ग सम्पर्क गर्दै थिए । राकममा उनका दाइले होटल सञ्चालन गर्दा रहेछन् । राकाम मेरा लागि नौलो ठाउँ थियो । कति टाढा छ भन्ने पनि थाहा थिएन । त्यसैले पनि यो कुरामा म मौन थिए । कपिलको निर्णय नै अन्तिम हो भनिदिएको थिएँ ।

‘जाऊ नभए लोहोरे खोलामा बसौँला’ कपिलको भनाइ संगसँगै हामी गुराँशेबाट ओरालो झ¥यौं । लोहोरे खोला पुग्दा नपुग्दा सन्देश कठायतसँग सम्पर्क भयो । राकमको आठवीसकोट होटल बुक ग¥यौं । बाटो खराब रहेछ । मेरो लागि यो बाटो पुरै नयाँ थियो । धुलाम्य बाटोमा पल्टिएका ढुङ्गाहरु र बाटै छेक्नेगरी हिडेका वटुवाका समूहले हाम्रो यात्रालाई असहज बनाउँदै थिए । राराबाट फर्केका पर्यटकहरु बाटामा भेट भए ।

पछिल्लो समय मोटर साइकलमा रारा पुग्नेहरु धेरै थिए । । पर्यटनका लागि रारा निकै उत्तम भन्ने सुनेको छु । पुगेको भने छैन । पूर्वतिरका मानिसहरु पश्चिमकी रारालाई भेट्न प्रायः यही समयमा आउने गर्थे । त्यो पनि मोटरसाइकलमा जोखिम मोलेर । यातायातको सुविधा र सुरक्षाको व्यवस्था गर्न सके आन्तिरिक पर्यटकहरु बढ्ने थिए रारामा । तर यस्तो हुन सकेको छैन । रात छिप्पिदै थियो । ११ बजे मात्र हामी दैलेखको राकम पुग्यांै । हामीलाई रुघेंर बसेकी रहेछिन् होटलवाली भाउजू ।  अरु सबै सुतिसकेका । खाना खाने बेलामा पनि कोही उठेनन् । केही छिटो पुगिन्थ्यो होला बाटोमा प्रेमबहादुर शाही भन्नेको टेक्ट्ररले बाटो छेकेर बसेको रहेछ । खै के के बनाउँदै थिए उनीहरु । बाटो छोड्न आग्रह ग¥यौं । केही बोलेनन् ।

बाटो पनि छोडेनन् । हाम्रो पनि मतलब गरेनन् । हामी रिसायौं । उनी झन् रिसाए । ‘के भएको हो हामी सहयोग गछौं’ मैले थपें । ढल्किएको टेक्ट्ररलाई पछाडिबाट उठाएर किनारामा पुगायौं । ‘आफ्नो समस्या बताएको भए हुने त्यसै रिसाउनु भयो ।’ सुमित्राले भनिन् ‘प्रेम बहादुर हो मेरो नाम सबैलाई प्रेम गर्न जानेको छु ।’ साथीले डाइलग दिए । ‘प्रशासन कार्यालय पुगेर नाम सच्चाउन लगाउनु प¥यो ।’ कपिलले थपे । हामी मज्जाले हाँस्यौं । यस पटक भने उनी रिसाएनन् ।

राकमको बसाइ पनि मज्जाकै भयो । ढोकामा भोटे ताल्चा । कुनै चापी नमिल्ने ढोका खोल्नै बाह्र बज्यो । लागे पुगेसम्म पुरै कोशिश गर्नु भयो भाउजूले । तर अहँ पटक्कै खुलेन । ताला फोड्नु बाहेक कुनै विकल्प रहेन । एकपछि अर्को कोशिश गरियो । हाम्रो सहयोग पनि ताला फोड्नमा काम लागेन ।  फलाम काट्ने आरीनै खोज्नु प¥यो ।
रातभरि पानी परेछ । बिहान सबेरै उठ्यौं । रातो चिया पियौं । चिसो बढी सकेको थियो । राकमबाट केही अगाडि बढेको भए हामी कालिकोट पुग्ने थियौं तर हाम्रो यात्रा राकमबाट अछामतिरको थियो । हामी राकमबाट कर्णाली पुलतिर लाग्यौं । कर्णालीमा निकै चिसो हावा चलेको थियो । हिउँ पग्लेर बगेको कर्णालीले पानी संगसँगै चिसो  बोकेर हिड्दो रहेछ ।

यो पुल पहाडी मध्य लोकमार्ग जोड्न बनेको पुल रहेछ । हामी मध्य लोकमार्ग हुँदै पश्चिम साफेवगर जाँदै थियौं । पुग्नु पर्ने ठाउँ अझै चार घण्टाको दुरीमा
थियो । कर्णालीको पुललाई साँक्षी राखेर केही तस्विरहरु लियौं । सात बजेतिर हामी पश्चिमतिर हानियौं । मध्य लोकमार्गबाट कर्णालीले बनाएका फाँटहरु सुन्दर देखिए । रातो माटो भएका पाखाहरु विभिन्न खेती गर्न तयार पारिएका थिए ।

सानो छँदा रातो माटोमा फलेका गुलिया  मकै पोलेर खाएको याद आयो । कालो माटो उब्जाउका दृष्टिले उपयुक्त मानिन्छ । रातो माटोमा उब्जनी खै कत्तिको हुन्छ मलाई हेक्का भएन । गह्रामा डोकाका मल घोप्टाइएका थिए । प्रत्येक वर्ष यसरी मल खन्याउँदा माटो कालो हुन पर्ने किन रातो नै रहृयो ? मनमा खुलदुली बढ्यो । कालो माटोमा हुर्केको मान्छे, मलाई रातोमाटाका फाँटहरु देख्दा कुनै चित्रकारले रातो रङ्गले रङ्गयाए जस्तो पनि लाग्यो ।

हामी कालिका स्थान हँुदै डाँडा पुग्यौं । विनायक नगर पालिकामा पर्ने यो डाँडा भन्ने स्थानमा पुराना देवलहरु थिए । ‘साँके १११२ मा निमार्ण भएको कुरा इतिहास विद् नरहरि नाथ योगीले उल्लेख गरेका छन् ।’ स्थानीय वासिन्दा ललित शाहीले भने । डाँडाबाट ढाकुको पाखो सुन्दर देखियो । यो पाखो राम्रो र हाम्रो लाग्नुको कारण भने ढकालहरुको मुख्य जन्मथलो भएर पनि होला । ‘ढाकु गाउँमा बस्नेहरु ढकाल भनिए’ भन्नेकुरा ढकालहरुको वंशावलीमा छ ।

यो स्थान देख्दा आफ्नो पन लाग्यो । गौरीठाटँबाट झण्डै एक घण्टा दक्षिणतिर लागेपछि ढाकु आउँदो रहेछ तर यसपटक हामी ढाकुगाउँतिर मोडिएनौं । डाँडामा दुधसङ्गै चिसरा चपाएर हामी अघि बढेका थियौं । बाटोमा हुस्सु लागेको थियो । पारिपारि चुचुरोतिर हिउँ परेका दृश्य पनि देखिए ।  मौसम चिसो थियो । चिसो छल्न शरदजीले गीत गाए । गीतले चिसो छल्ने भए किन चाहिन्थ्यो र तातोपन ? मन भुलाउन हामी गीतमा रमायौं । शरदजीको स्वर मिठो थियो । जीवन शर्माका अनुयायी थिए उनी । हुन त जीवन शर्माको गीत मन नपराउने सिमित नेपालीहरु मात्रै होलान् । ‘चाहिदैन मलाई सिसाको महल.भन्ने गीत निकै मिठो तरिकाले गाए । हामीले पनि कतै कतै स्वरमा स्वर मिलायौं ।

‘यो छातीमा छुरा चलाई …भन्ने भावना पाठकको गजल पनि सुन्यौं जुन हरि लम्सालको स्वरमा थियो । ‘यो ज्यान मेरो नेपाल कसरी बेच्न सक्छु म ….’ भन्ने बोलको वि.पि. वाग्लेको स्वर र मेरो शब्द रहेको गीत पनि सुन्न पछि परेनौं । ठूलासेन पुग्दा नौ बजिसकेको थियो । रामारोसन एफ. एम.ले हामी सहभागी हुने कार्यक्रमको प्रचार गरेको खवर पायौँ । ठूलासेन पछिल्लो समयका चर्चित गजलकार कमल संघर्षको घर भएको ठाउँ थियो । पढ्न काठमाडौं पुगेका उनी उतै थिए फर्केका थिएनन् ।
‘एउटा मुसाफिर म स्वयं भैहाँले अर्को मुसाफिर मलाई सडक लाग्छ’

उनको यो गजलको शेर आद आयो । बाटोमा देवकी निरौलाका गजल र प्रेक्षा लम्सालका केही थान छन्द कविताहरु सुन्दै सल्लाघारिको किनारैकिनार मङ्गलसेन तिर
ओरालियौं । हामी १० बजे मङ्गलसेन पुगेका थियौं । हामीलाई अप्ठ्यारो नहोस् भनेर साँफेबगरबाट कमल सरोवर र ताराप्रसाद पाण्डेले तपेन्द्र तुफानलाई मंगलसेनसम्म लिन पठाएका रहेछन् । साथीहरुप्रति आभार प्रकट ग¥यौ  यो स्नेहका लागि ।

हामी मङ्गलसेन दरवार प्राङ्गणमा थियौं । मङ्गलसेन दरवारको पुनः निमार्ण सुरु भएको रहेछ । जनयुद्धका बेला माओवादीले मङ्गलसेन कब्जामा लिएर दरवार ध्वस्त पारेका रे एक स्थानीयले भने । तेस्रो तलाको काम जारी थियो । दरवार परिसरमा बसेर दृष्यहरु हेर्न खुब मज्जा लाग्यो । यो यात्रा मेरा लागि तीन कारणबाट महत्वपूर्ण थियो ।
पहिलो– बैवाहिक जीवनको ढेड दशकपछि सुमित्रासङ्ग यति लामो बाटो पहिलो पटक सङ्गै  हिडेको थिएँ । यसले पनि मलाई रोमाञ्चित बनाएको थियो । दोस्रो– अछाम मैले धेरै सुनेको पढेको र मनमा लिएको जिल्ला थियो । यही जिल्लाको भ्रमणमा थियौं हामी । तेस्रो– अछामले पछिल्लो समयमा गजल साहित्यमा केही गर्दै थियो । गजलकै कार्यक्रमको आतिथ्यताका लागि  हाम्रो टोली साँफेवगर पुग्दै थियो ।  (क्रमशः)

  • No tags available
प्रकाशित मिति : २०७५ फागुन ११ गते शनिबार