डिल्ली शाही कोहलपुर, बाँके, पछिल्लो समय मिर्गौला रोगी बढ्र्दै गएको पाइएका छन् । खानपानमा ध्यान नदिँदा, नियमित स्वास्थ जाँच नगराउँदा मृगौला सम्बन्धी रागी बढ्दै गएको पाइएको छ ।
शुक्रबार मात्रै नेपालगन्ज मेडिकल कलेजले निःशुल्क स्वास्थ शिविरमा मृगौला सम्बन्धी समस्या भएका विरामी धेरै पाएका छन् । शिविरमा जाँच गराउन आउने मध्ये एक सय भन्दा बढि मृगौला सम्बन्धी भेटीएका हुन कलेजका चिकित्सक ऋसीकुमार काफ्लेकाअनुसार शिविरमा आउने मध्ये कुनै न कुने हिसावले मृगौला सम्बन्धी समस्या भएका विरामी भेटीएका छन् ।
मेडिकल कलेजको कलेज लेक्चर हलमा आयोजना गरिएको कार्यक्रममा ८० प्रतिशत मृगौला रोगीहरु पाइएका छन् । उनकाअनुसार हाल नेपालमा २६ लाख भन्दा बढि मृगौला रोगीहरु रहेका छन् । त्यस्तै नेपालगन्ज मेडिकल कलेजका मेडीशिन विभाग सह प्राध्यापक श्यामकुमार विकले नेपालगञ्ज मेडिकलमा उपचार गराउन आउने विरामीहरुको कतै न कतै मृगौला सम्बन्धी विरामीहरु भेटिने गरेको बताए ।
उनले भने ‘दैनिक भर्ना भएका विरामी मध्ये पाँच प्रतिशतमा मृगौला सम्बन्धी समस्या देखिने गरेको छ ।’ त्यस्तै प्रेसर, सुगर भएका व्यक्तिहरुले महिना—महिनामा स्वास्थ जाँच गराउनु पर्ने बताए । विककाउनुसार घरमा प्रत्येकले वर्ष कम्तीमा एक पटक स्वास्थ चेकजाँच गराउन पर्ने हन्छ । उनले भने‘मृगौला रोग तुरुन्तै थाहा हुँदैन तर जटिल भएपछि उपचारमा समस्या हुन्छ । त्यस्तै हरेकले वर्षमा एक पटक सामान्य स्वास्थ जाँच गराउनु पर्छ ’ उनले रोग लागि सकेपछि डायलाइसिस गराउने, मृगौला प्रत्यारोपण गराउने बाह्यक अन्य उपाया नभएकोले समयमै आफ्नो स्वास्थ जाँच गराई सचेत रहन अनुरोध गरे ।
कुनै कारणले अचानक वा दीर्घ रुपमा हाम्रो शरीरको मृगौलाले काम गर्न छाडेको अवस्थामा शरीरमा जम्मा हुन पुग्ने विकारजन्य पदार्थहरुलाई मेशिनको सहायताले शरीरबाट बाहिर निकाल्नको लागि डायलाइसिस गरिने जानकारी दिए । यदी मृगौलाले कुनै कारणवश काम नगरेको खण्डमा यो जीवन बचाउने उपाय भएपनि यसको पूर्ण रुपमा उपचार सम्भव नभएको उनको भनाई छ ।
‘मृगौला प्रत्यारोपण गराउनु सुरुमा केही खर्चिलो जस्तो लागे पनि व्यक्तिको सर्वाँगिण स्वास्थ्यको हिसाबले यसको फाइदा बढी नै हुन्छ । तर पनि मृगौला दान गर्ने व्यक्ति र मृगौलाको छनौट, प्रत्यारोपण गराउँदा हुने शारिरिक समस्या, गराइ सकेपछि जिन्दगीभरि औषधी सेवन गरि रहनु पर्ने जरुरत, र मृगौला प्रत्यारोपण गराउन कुर्नुपर्ने लामो पर्खाई आदि जस्ता कारणले सबैले यो उपाया अपनाउन झनजटीलो हुन्छ ।”
यस्तै उप–निर्देशक वरिष्ठ छाला तथा योन रोग विशेषज्ञ डा. सुमित पाण्डेका अनुसार दिर्घकालिन रुपमा मृगौला बिग्रनुको मुख्य कारणहरुमा मधुमेह पहिलो नम्बरमा पर्छ । यसका साथै उच्च रक्तचाप, जन्मजात रुपमा मृगौलामा पानीका पोका जम्मा हुने, रोग मृगौलामा नकारात्मक असर पार्ने विभिन्न औषधीहरुको लामो समयसम्मको सेवनको कारणले पनि मृगौलामा असर पार्न गई अन्तत्वगत्वा मृगौला बिग्रने गरेको डा. पाण्डेले बताए ।
मृगौला रोगीहरुको पहिचान भएको खण्डमा नेपाल सरकारले नेपालका मेडिकलहरुमा मृगौला डायलाइसिस गराउने, मृगौला प्रत्यारोपण गर्ने निशुल्क रुपमा उपचार गराउने गरेको उनले जानकारी दिए । कार्यक्रममा नेपालगन्ज मेडिकल कलेजका पिन्सीपल प्रा.डा. मोहनलाल मराठा र भाईस प्रिन्सिपल डा. अनुप शर्मा, डा. देवेन्द्र आचार्य लगायतको सहभागिता रहेको थियो ।