निसानको ’किक्स एसयुभी ’ नेपालगन्जमा भित्रियो



कोहलपुर ।
निसान मोटर्सको नेपालगन्जका लागि आधिकारिक बिक्रेता देव मंगल ईन्जिनियर्सले निसान किक्स सोमबारदेखि बजारमा ल्याएको छ ।  नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरीले निसान किक्स को सयुक्त रुपमा लन्च गरेका थिए ।

१४९८ सिसि इन्जिन क्षमताको निसान किक्सले ५६०० आरपिएममा १०६ विपिएच पावर र ४००० आरपिएममा १४२ एनएम टर्क जेनेरेट गर्छ ।

यसको फराकिलो इन्टेरियर र आकर्षक एक्टिरियरले ग्राहकहरुलाई आकर्षित गर्ने कम्पनीको दावी छ । यसमा ८ इन्चको टच स्क्रिन छ, जसलाई एन्ड्रोइड तथा एप्पल प्रणालीद्धारा संचालन गर्न सकिन्छ साथै यसमा एलइडी प्रोजेक्टरको हेड ल्याम्प, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कूल र इलुमिनेटेड ग्लोभ बक्स, क्रुज कन्ट्रोल,भ्वाइस रिकग्निसन, गाडी स्टार्टको लागि साँचो नचाहिने स्मार्ट कार्ड, चालकको लागि हाइट मिलाउन मिल्ने सिट, दुईवटा एयरब्याग र ईबीडी र बीए सहितको एबीएस समावेश गरिएको छ ।

किक्सको डिजेल ईन्जिनमा एक्सएल, एक्सभि र एक्सभि प्रिमियम गरी तिन ओटा र पेट्रोल ईन्जिनमा एक्सएल र एक्सभि गरी ५ वटा अप्सनमा उपलब्ध छ । यो पर्ल ह्वाइट, ब्लेड सिल्भर, ब्रोजन ग्रे, फायर रेड, एम्बर अरेन्ज, जीप ब्लु पर्ल र नाइट सेड ७ वटा आकर्षक रङ्गहरुमा उपलब्ध छ ।

कम्पनीले यसको मूल्य ४७ लाख ९९ हजारदेखि ५९ लाख ९९ हजारसम्म निर्धारण गरेको छ । यसको पेट्रोल इन्जिनले प्रतिलिटर १४.२३ किलोमिटर र डिजेल इन्जिनले प्रतिलिटर २०.४५ किलोमिटर गाडी माइलेज दिने देव मंगल ईन्जिनियर्सका निर्देशक विवेक श्रेष्ठले दाबी गरे । उनका अनुसार सोमबार नै ‘किक्स’ गाडी दुई वटा बुक भइसकेको छ । गाडि लन्च कार्यक्रममा यस क्षेत्रका उद्योगि व्यवसायी, स्थानीय जनप्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ फागुन ७ गते मंगलबार