6 December 2023  |   बुधबार, मंसिर २०, २०८०

१५–२० जनाको भोज नखाई बिहे गर्दिनँः आँचल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन ६, २०७५  

नायिका आँचल शर्माको करिअरमा कामको भन्दा बढी प्रेमको चर्चा छ । आँचल शर्मालाई अब बिहे कहिले गर्ने भन्ने प्रश्न सोझिन थालेको छ । नायक पल शाहसँग प्रेममा रहेको चर्चा रहेतापनि आँचलले अझै यसलाई स्विकार गरेकी छैनन् ।

उनै, नायिका शर्मा नायक संजोग कोइराला र नायिका बर्षा राउतको बिहे पार्टीमा पुगिन् । कालो रंगको पहिरनमा पुगेकी उनले आफूलाई यो रंग मनपर्ने बताइन् । आँचललाई पत्रकारले तपाइको बिहे भोज कहिले खान पाइन्छ भनेर प्रश्न सोधेका थिए । आँचलले बिहेको प्रश्नमा सुरुमा नाक खुम्च्याइन् ।

प्रकाशित मितिः सोमवार, फाल्गुन ६, २०७५     8:06:08 AM  |