8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

बाँसगढीमा प्रजातन्त्र दिवस मनाइदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन ६, २०७५  

रावन बिश्वकर्मा , बर्दिया ०६ , बर्दियाको बाँसगढी नगरपालिकाले ६९ औं प्रजातन्त्र दिवस बिशेष रुपमा मनाउने भएको छ ।

आज सोमबार देखि प्रजातन्त्र दिवस तीन दिन सम्म देश भर भव्य रुपमा मनाउने सरकारको परिपत्र अनुसार नगरपालिकाले पनि प्रजातन्त्र दिवसलाई भव्यताका साथ मनाउने तयारी गरेको छ । दिवस कसरी मनाउने भन्ने बिषयमा आइतबार भएको सर्वपक्षिय भेलाले दिवसलाई बिशेष बनाउदै बिभिन्न कार्यक्रमहरु गर्ने निर्णय गरेको छ ।

नगर प्रमुख सालिकराम अधिकारीको अध्यक्षतामा बैठक बसेको थियो । बैठकले दिवसको अबसरमा आज बेलुका ६ बजे दिपावली गर्ने, मंगलबार बिहान प्रभात फेरी तथा मञ्चको कार्यक्रम गरी प्रजातन्त्र बिषयलाई समेटिएका प्रतिभा प्रस्तुति सँगै मन्तव्यको कार्यक्रम गर्ने र बुधबार दिउसो १ बजे देखि प्रजातन्त्र आन्दोलनमा बिद्यार्थीको भुमिका बिषयमा माध्यामिक तह स्तरिय वक्तित्वकला प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको हो ।

त्यसैगरी बुधबार बेलुका बाँसगढी बजारको मुख्य चोक, माछागढ, ककौरा र लखना चोकमा अनिबार्य रुपमा दिप प्रज्वलन तथा घर घरमा दिपावली गर्नका लागि सम्बन्धीत वडा अध्यक्षहरुलाई जिम्मेवारी दिएको छ । नगर प्रमुख अधिकारीका अनुसार दिवसकै अवसरमा बुधबार बुधबार फुटवल प्रतियोगिताको आयोजना समेत गरिने छ । प्रतियोगितामा जनप्रतिनिधी, कर्मचारी, शिक्षक र नागरिक समाज गरी ४ टिमले प्रतिस्पर्धा गर्ने नगरपालिकाले जनाएको छ ।

दिवसका अबसरमा आयोजना गरिने सबै कार्यक्रमहरु नेरा माबि बाँसगढीमा गरिने तथा बक्तित्वकला र फुटवल प्रतियोगिताको जिम्मेवारी शिक्षा युवा तथा खेलकुद शाखालाई दिईएको छ । सबै कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, शिक्षक, राजनितिक दल अनिवार्य सहभागि हुने र बढी भन्दा बढी नागरिकहरुलाई पनि सहभागि गराउने बताइएको छ ।

सर्बपक्षिय बैठकमा सबिधान सभा सदस्य निर्मल प्रकाश सुवेदी, श्याम ढकाल, ईलाका प्रशासन कार्यालय बाँसगढीका डिल्लीराम आचार्य, ईलाका प्रहरी कार्यालय बाँसगढीका प्रमुख प्रहरी निरीक्षक बसन्त गौतम, बिभिन्न बिषयगत शाखाका प्रमुख, वडा अध्यक्षहरु, राजनितिक दलका प्रतिनिधी, नागरिक समाज बाँसगढीका संयोजक प्रेम प्रसाद शर्मा, बिभिन्न विद्यालयका प्रधानाध्यापक, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः सोमवार, फाल्गुन ६, २०७५     5:50:39 AM  |