कोहलपुरमा बाथरुममा लडेर बालिकाको मृत्यू



कोहलपुर । बाँकेको कोहलपुरमा बाथरुममा लडेर शुक्रबार एक बालिकाको मृत्यू भएको छ ।

कोहलपुर ११ निवासी कुमार उप्रेती की ११ बर्षिया छोरी ऋताम्भराको नुहाउने क्रममा बाथरुममा लडेर मृत्यू भएको पारिवारिक श्रोतले जनाएको छ ।

बालिका कोहलपुर १० मा रहेको जिवन ज्योती स्कुलमा कक्षा पाँचमा अध्ययनरत थिइन् । शुक्रबार स्कुलमा हुने कार्यक्रमको तयारीमा बालिका रहेको बुझिएको छ ।

उनी कोहलपुरका व्यवसायी कुमारकी एक्ली सन्तान हुन् ।

  • No tags available
प्रकाशित मिति : २०७५ फागुन ३ गते शुक्रबार