29 November 2023  |   बिहिबार, मंसिर १४, २०८०

कोहलपुरमा बृहत् सरसफाई अभियान सुरु भिडियो सहित हेर्नुहोस् ।

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन २, २०७५  

कोहलपुर फागुन २, ५ नं. प्रदेश स्थापना दिवसको अवसरमा बिहिबार कोहलपुरमा बृहत् सरसफाई अभियान सुरु गरिएको छ । ५ नं प्रदेशको सिमाना पूर्वमा बर्दघाट देखि पश्चिम कर्णालीचिसापानीसम्मको रोकमार्ग सरसफाई अभियान सुरु गरिएको हो । यस अन्तरगत बाँकेको कोहलपुर नगरपालिकाको क्षेत्र पश्चिम मैटहवा देखि पूर्व रोहिनी खोला सम्मको स्थानमा विहिबार विहान सरसफाई गरिएको छ ।
५ नं. प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद के.सी. ‘सोनाम’ ले सो सरसफाई अभियानको कोहलपुर चौराहबाट शुभारम्भ गरेका हुन । मन्त्रीको उपस्थितीमा सुरु भएको सरसफाई कार्यक्रममा कोहलपुरका प्रमुख लुट बहादुर रावतले आफै झाडु लिएर सरसफाई कार्यक्रममा करिब २ घण्टा सरिक भएका थिए । जनस्तरबाटै सरसफाइमा दैनिक क्रियासिल रहने हो भने शहर सफाइ हुने विश्वास गरिएको छ ।

प्रदेश नं. ५ स्थापना दिवसको अवसरमा पूर्व पश्चिम राजमार्ग बृहत सरसफाई

प्रदेश नं. ५ स्थापना दिवसको अवसरमा पूर्व पश्चिम राजमार्ग बृहत सरसफाई अन्र्तगत बाँकेको कोहलपुरमा पनि सरसफाई गरिएको छ ।

Gepostet von कोहलपुरका ताजा समाचार am Mittwoch, 13. Februar 2019

 

 

 

 

 

 

 

 


प्रत्येक पसल अगाडि आफै सफा गर्ने परिपाटिक शुरुवात गर्ने हो भने हाम्रो आगन अरु आइ सफा गर्दिनु पर्दैन तर फोहर उठाउन भने नगरपालिकाले गाडि समयमै आउनु पर्छ एक खुद्रा ब्यापारी भन्छन ।
सरसफाई कार्यक्रममा नगरभित्रका सबै राजनितिक दलका प्रतिनिधि, जनप्रतिनिधि तथा उच्च पदस्त कर्मचारी, पदाधिकारीहरु, नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीका सहभागी भएका थिए । सबैले हातमा ग्लोब्स र मास्क लगाएर सडकमा झाडु लगाए । नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको बाक्लो उपस्थितीले सरसफाई अभियानलाई सार्थकता प्रदान गरेको थियो ।

५ नं प्रदेश सरकारको आहवानमा नेपाली सेनाको व्यवस्थापनमा कोहलपुर लगायत ५ नं. प्रदेशका पूर्व–पश्चिम लोकमार्गमा रहेका सबै स्थानिय तहमा एकसाथ सरसफाई अभियान सुरु गरिएको हो ।
प्रदेश स्थापनाको अवसरमा ३ दिनसम्म बिभिन्न कार्यक्रमहरु संचालन गरिने ५ नं. प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री ‘सोनाम’ ले बताए । सरसफाई कार्यक्रममा देखिएको उपस्थिति र जनप्रतिनिधिहरुको सक्रियतालाई निरन्तरता दिन सके कोहलपुरले नयाँ स्वरुप पाउने विहिबारको अभियानबाट सर्वसाधारणले बताएका छन् ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन २, २०७५     5:14:37 PM  |